एक संकल्प ‘श्वास आन्दोलन ’– लाक्पा शेर्पा

लाक्पा शेर्पा

२०७८ जेष्ठ १०, सोमबार


यतिबेला जनता कोरोना कहरले छटपटाई रहेका छन् । महामारीले भन्दा पनि अस्पतालमा शैय्या र प्राणवायू ९अक्सिजन०को अभावमा धेरै जनाको ज्यान गईरहेको कहालीलाग्दो खबरहरु सुन्न, पढ्न हामी वाध्य छौं । गम्भिर प्रकृतिका समाचारहरु विभिन्न टेलिभिजन, पत्रपत्रिका, एफएम रेडियो र सामाजिक सञ्जालहरुमा वेगरल्ति आईरहेका छन् । आम सर्वसाधारण कोरोना त्रास र राज्यले लगाएको निषेधाज्ञाले एकातिर बिहान बेलुका छाक कसरी टार्ने पिरलो र अर्कातिर संक्रमित भएँ भने कसरी बाँच्ने भन्ने त्रासले हरेकलाई छट्पटीमा पारिरहेको कहाली लाग्दो अवस्थामा छ । तर, सरकार भने कोरोना खोपको जोहो गर्ने र गाँसबासको समस्यामा परेकालाई कसरी बैकल्पिक उपाय खोजी गर्ने भन्नेतिर भन्दा पनि अनेकौं षड्यन्त्र र जालझेल गरेर सत्तामा कसरी टिकीरहने, कुसीमा कतिन्जेल टासिरहने, संविधानमा भएका कमजोरीका छिद्रहरुलाई धुईपत्ताल खोजेर सत्ताको आयुलाई २÷४ दिन मात्रै भएपनि कसरी लम्ब्याउन सकिन्छ रु भनेर अनेकौं धुर्त्याई र चलाखी अप्नाउदै  कात्रोमा समेत कमिसन कहाँ र कोवाट आउछ भनेर् निर्लज्ज व्यहोरा गरिरहेका छन् । 
असंवैधानिक र अलोकतान्त्रिक ढंगबाट ‘काम कुरा एकातिर कुम्लो बोकी प्रतिगमन तिर’ भनेझैं बेला न कुबेला असंवैधानिक मध्यावधि निर्वाचनको घोषणा गर्दै आम सर्वसाधारणलाई जीवन जिउने आशाका खोप दिन नसकिरहेको, अक्सिजन अभावमा जनताको ज्यान गईरहेको, कोरोना त्रास र निषेधाज्ञाले आम नागरिकको जिउने अभिलाषा हराउँदै गईरहेको बेला यस्तो तिकडम मच्चाइरहेका छन् । 
समय नपुग्दै असंवैधानिक रुपमा मध्यावधी निर्वाचनको घोषणाका नाममा अरबौ रकम राज्यकोष दुरुपयोगको दुस्साहस गर्दै गैरजिम्मेवारीपुर्ण नाटकहरु मञ्चन गरिरहेका छन । यस्तो बेलामा तपाईं हामीले चारैतिरबाट दबाब सिर्जना गरि नागरिक प्रति सरकारलाई उत्तरदायी बनाउन केही न केही उपाय गर्नै पर्ने हुन्छ । यो कहरको बेला स–शरिर आन्दोलनका कार्यक्रमहरु गर्न सकिने अबस्था छैन । त्यसैले सामाजिक सञ्जाल मार्फत जनतालाइ जागरण गराउन ‘श्वास आन्दोलनमार्फत जनता जागरण’ गराई यो सरकारले गरेका बिभिन्न असंवैधानिक, अलोकतान्त्रिक, प्रतिगामी, स्वच्छाचारी र गैरजिम्मेवार हरकतहरुको भण्डारफोर गर्दै अघि बढ्नु पर्दछ । एक जिम्मेवार नागरिक हुनुको नाताले हामी सबैले सरकारको रबैय विरुद्ध आवाज बुलन्द गर्दै जिम्मेवारी निर्वाह गर्नुपर्दछ ।                    

 

‘श्वास आन्दोलन’
मध्यवधि चुनाव होईन,
भरोसयुक्त भ्याक्सिन देउ 
सत्ता लम्बाउने अध्यादेश होईन,
जीवन बांच्ने प्रणवायू लेउ
आश्वासनको भाषण होईन,
छाक टार्ने रासन देउ 
लेखकः जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य तथा सोलुखुम्बु जिल्ला इन्चार्ज हुन ।
लेखकसँगः akm1akm2@gmail.com मा भेट्न सकिन्छ । 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho