सांसद शेर्पा कोरोना संक्रमण मुक्त । 

मिङमार शेर्पा

२०७८ जेष्ठ ६, विहिबार


काठमाडौं शेर्पाखबर) । प्रतिनिधी सभाका सांसद जिपछिरिङ लामा शेर्पा कोरोना संक्रमण मुक्त भएका छन् । केही दिनअघि स्वास्थ्य समस्यादेखिएपछि अस्पताल भर्ना भएका शेर्पामा कोरोना ‘पोजिटिभ’ देखिएको थियो । 
जोरपाटीस्थित खाङ्ग्री अस्पतालमा उपचारपछि सांसद शेर्पा स्वास्थ भई घर फर्किएको आदिवासी अधिकार अभियान्त आङकाजी शेर्पा किसानले जानकारी दिए । 
दोलखा घर भएका सांसद शेर्पा प्रतिष्ठित निर्माण व्यवसायी हुन् । शेर्पा समुदायको एक मात्रै प्रतिनिधी सभा सदस्यको रुपमा रहेका शेर्पा नेपाल शेर्पा संघका सल्लाहकार समेत छन् । नेपाल शेर्पा संघको दुई पटक नेतृत्व गरेका शेर्पा नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत हुन । काठमाडौं बौद्ध बस्ने शेर्पा समुदायको अग्रज र सामाजिक रुपमा ख्याती प्राप्त व्यक्तित्व हुन् । 
 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho