अनलाईनमार्फत एकल शेर्पा गायन प्रतियोगिता शुरु

मिङमार स शेर्पा

२०७८ बैशाख २३, विहिबार


काठमाडौं (शेर्पाखबर) । शेर्पा इभेन्टस अर्गनाइजरले अनलाईनमार्फत एकल गायन प्रतियोगिता आयोजना गरेको छ । शेर्पा गीतहरु गाएर सहभागि हुन पाउने प्रतियोगिताको यो पहिलो संस्करण हो । यसअघि संस्थाले निवन्ध लेखन, परम्परागत खाना, नृत्य, फोटो लगायतको प्रतियोगिता अनलाईनमार्फत सञ्चालन गरिसकेका छन् । 
संस्थाका अध्यक्ष नुरु शेर्पाका अनुसार यसअघिका कार्यक्रमहरु भव्यताका साथ सफल भएको र शेर्पा युवाहरुलाई सृजनशील हुन प्रेरित गर्ने हेतुले प्रतियोगिताहरु निरन्तर रुपमा आयोजना गर्दै आएको हो । गायन प्रतियोगितामा सहभागि हुनेले अनिवार्य रूपमा शेर्पा भाषामा आफ्नो परिचय दिनुपर्ने, लोपोन्मुख शेर्पा गीतलाई विशेष प्राथमिकता दिईने, शेर्पा भाषाको कुनैपनि विधाको गीत गाउन पाइने, अनिवार्य रूपमा शेर्पाको पहिचान झल्किने भेषभुषा लगाउनुपर्ने, गीत गाएको भिडियो एक टेक र प्राकृतिक  हुनुपर्ने, सम्पादन गर्न नपाइने, बिजेता  नियम बनाइएको छ । 
विजेता छनौटमा समयको परिपालना, शब्द उच्चारण, आवाजको मिठास्पन, प्रस्तुति शैली, फेसबुक लाईक, सेयरको आधारमा गरिने संस्थाका छिरिङ शेर्पाले शेर्पाखबरलाई जानकारी दिए । 
घोषित प्रतियोगितामा सहभागि हुन प्रतिस्पर्धीले भिडियो जेठ १५ भित्र पठाइ सक्नु पर्नेछ। भने विजेता, उपविजेता र निकटतम प्रतिस्पर्धीलाई नगद १५ हजार,  १० हजार र पाँच हजार प्रदान गरिने छ । त्यस्तै, दर्शकको छनौटमा परेका विजेतालाई नगद ५ हजार र अन्य  आकर्षक पुरस्कार प्रदान गरिने अध्यक्ष शेर्पाले जानकारी दिए । 
शेर्पा इभेन्ट अर्गनाइजरको पेजबाट पोस्ट भएका सामाग्रीहरुलाई कुनै पनि अनुमति बिना बिद्युतिय माध्यमबाट डाउनलोड गरि अन्य माध्यममा पोस्ट नगर्न संस्थाले कार्यक्रम घोषणाको अवसरमा अनुरोध गरेको छ । 
 

मिङमार स शेर्पाका अन्य लेख तथा रचनाहरु

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho