अधिकारी र रुम्दाली केन्द्र र सुनुवार प्रदेश सदस्यमा निर्वाचित

शेर्पाखबर

२०७७ चैत्र २७, शुक्रबार


दीपेन्द्र रुम्दाली केन्द्रीय सदस्य

ओखलढुंगा (शेर्पाखबर) । नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशनबाट ओखलढुंगाका बाला अधिकारी केन्द्रीय उपाध्यक्षमा र दीपेन्द्र रुम्दाली केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । त्यस्तै, प्रदेश नम्बर १ मा अल्पसंख्याकबाट लिला बहादुर सुनुवार प्रदेश सदस्यमा निर्वाचित भएका हुन । तीनै जना उम्मेदवार ओखलढुंगाका हुन् । तीनै जना निर्वाचित भएको औपचारिक घोषणा हुन भने बाँकी छ । 
प्रदेश नं. १ बाट सदस्यको उम्मेदवार आफ्नै प्यानलका रोहितचन्द्र भट्टराईलाई पछि पार्दै केन्द्रीय सदस्य निर्वाचित भएको जनाएको छ । प्रदेशबाट केन्द्रीय सदस्य हुने अर्का उम्मेदवार अम्मर खड्का हुन् । 

बाला अधिकारी केन्द्रीय उपाध्यक्ष

चैत २५ गते सम्पन्न निर्वाचनमा रुम्दालीलाई गृह जिल्ला ओलखढुंगामा ४७ मध्ये ३५ मत प्राप्त गरेका थिए । त्यस्तै, उपाध्यक्षका उम्मेदवार अधिकारीलाई २४ र प्रदेश सदस्य सुनुवारलाई ३३ मत प्राप्त भएको थियो । अधिकारी र सुनुवार प्रेस युनियनसहितको गठवन्धनका उम्मेदवार हुन भने रुम्दाली प्रेस चौतारी र प्रेस मञ्चका संयूक्त प्यानलका उम्मेदवार थिए । 
जिल्लाको अध्यक्ष समेत रहेका रुम्दाली ३ कार्यकाल ओखलढुंगामा महासंघका नेतृत्व गरेका थिए भने एक कार्यकाल सचिव र पत्रकार महासंघ ओखलढुंगाका संस्थापक समेत हुन् । 

अधिकारी प्रेस यूनियनको केन्द्रीय उपाध्यक्ष, सुनुवार केन्द्रीय सदस्य हुन । रुम्दाली जसपा निकट प्रेस मञ्च नेपालका केन्द्रीय उपमहासचिवको जिम्मेवारीमा छन । 

लिला बहादुर सुनुवार प्रदेश सदस्य

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho