नेकपा–माले जनता समाजवादीमा विलय

मिङमार शेर्पा

२०७७ चैत्र १५, आईतबार


ओखलढुंगा (शेर्पाखबर) । नेकपा माले ओखलढुंगा जनता समाजवादी पार्टीमा विलय भएका छन् । जिल्ला उपसचिव केशव रम्तेल सहितका पदाधिकारी जसपामा विलय भएका हुन् । जनता समाजवादी पार्टी ओखलढुंगा समायोजन कार्यक्रमको अवसरमा पार्टी कार्यकारिणी सदस्य तथा पूर्वमन्त्री रकम चेम्जोङले रम्तेलसहित नेकपाका पदाधिकारीलाई खादा लगाएर पार्टीमा स्वागत गरे । रम्तेलले माले पार्टी नाममात्रैको भएको र नेपालमा कम्युनिष्ट आन्दोलनको औचित्य समाप्त भएकाले जनता समाजवादी पार्टीमा समाहित भएको बताए । उनले भने ‘साम्यवादको उदारो सपना देखाएर जनतालाई रणभुल्लमा पार्ने कम्युनिष्ट आन्दोलनको औचित्य र अर्थ समाप्त भएको छ । अब सम्मुनत समाजवादको दिशामा अघि बढ्नुको विकल्प छैन ।’
रम्तेलसहित मखमल सार्की, नरबहादुर सार्की, रामबहादुर सार्की, दोमकुमारी राउत, हिराबहादुर रम्तेल, सरीता कार्की, सुरेन्द्र कार्की, घनश्याम अधिकारी, भगत धमला, जुनकुमारी कट्वाल, मिनाकुमारी सार्की, विष्णु श्रेष्ठ, रुपा धमला, सविन राई लगायत जसपामा प्रवेश गरेको तत्कालिन जिल्ला अध्यक्ष नेत्रबहादुर नेम्बाङले जानकारी दिए । रम्तेल नेकपा मालेबाट ओखलढुंगामा २०७० र ७४ सालको निर्वाचनमा उम्मेद्वार समेत बनेका थिए । 
 

विभिन्न पार्टी परित्याग गरी ५० बढी प्रवेश
समायोजन कार्यक्रममै विभिन्न पार्टी परित्याग गरी ५० बढी नेता कार्यकर्ता जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् । जिल्लाको विभिन्न स्थानीय तहका जिल्ला तथा स्थानीय तहस्तरीय नेता कार्यकर्ताहरु जसपा प्रवेश गरेका हुन् । 
उनीहरुलाई जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य रकम चेम्जोङ, केन्द्रीय सदस्य तथा सभासद् राजकुमार राई लगायतले खादा र अविर लगाएर पार्टीमा स्वागत गरे । 
 

खड्काको अध्यक्षतामा ७१ सदस्यी जिल्ला समिति समायोजन
तत्कालिन समाजवादी फोरम र नयाँशक्तिवीच पार्टी एकता भएको लामो समयपछि जिल्लामा पनि पार्टी समायोजन भएको छ । नयाँ शक्तिका तत्कालिन अध्यक्ष ख्याम खड्काको अध्यक्षतामा ७१ सदस्यीय जिल्ला समन्वय समिति समायोजन भएको हो । 
समितिको उपाध्यक्षमा तत्कालिन समाजवादीबाट प्रंकाश तामाङ उपाध्यक्ष छन् । त्यस्तै, उपध्याक्षमा लालमान तामाङ, सचिवमा पासाङ ङिमा शेर्पा, उपसचिवमा केशव रम्तेल, सूर्यप्रकाश सुनुवार, खडानन्द  तिमिल्सेना छन् । कोषाध्यक्षमा खिजीदेम्बाका आङ दावा शेर्पा चयन भएको छ । ७१ सदस्यीय जिल्ला समन्वय समिति मध्ये २१ सदस्यीय कार्यकारिणी समिति रहेको समायोजन कार्यदलका संयोजक धीरेन्द्र रुम्दालीले जानकारी दिए । 
 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho