शेर्पा संघमा ‘फोटो’ र शिलालेख लेख्ने कार्य अघि बढ्यो

शेर्पाखबर

२०७७ चैत्र ११, बुधबार


काठमाडौं (शेर्पाखबर) । नेपाल शेर्पा संघ, केन्द्रीय कार्यालयको भवन खरीदका क्रममा सहयोगीदाताको तस्वीर र शिलालेख लेख्ने कार्य अघि बढेको छ । सहयोगीदाताहरुको नाम शिलालेख लेख्ने र तस्वीर भवनमा सजाउने कार्य अघि बढेको हो । संघले गोकर्णेश्वर नगरपालिका वडा नं. ६, नारायणटारमा साँढे चार तलाको भवन खरीद गरेको थियो । 
संघले प्रत्येक तला र कोठाको नामकरण गरेर तस्वीर राख्ने काम भने यसअघि नै गरिसकेका छन् । तस्वीर र शिलालेख लेख्ने काम यसअघि गरिसक्नुपर्नेमा कतिपय कबोल गरेका सहयोग प्राप्त नभएकाले ढिलाई भएको महासचिव लाक्पा शेर्पाले जानकारी दिए । ‘यो काम हामीले पहिला नै सक्ने लक्ष्य राखेका थियौं । कतिपय कबोल गरेको सहयोग प्राप्त नभएकाले तस्वीर र शिलालेख लेख्ने काम अघि बढ्न सकेन ।’ कबोल गरेको सहयोग संकलनको तयारी हुँदै गर्दा कोरोना महामारी फैलिएको र वन्दावन्दीले सबैतिर आर्थिक संकट छाएकाले पनि कबोलित सहयोग संकलनमा समस्या भएको उनको भनाई छ । 

 

अवस्था सामान्य भएसँगै कबोल गरेका सहयोगहरु संकलन गर्ने कार्य अघि बढेको बताउँदै कोषाध्यक्ष तथा आर्थिक विभागका प्रमुख आङ काजी शेर्पाले भने ‘चाँडै तस्वीर राख्ने काम सम्पन्न हुन्छ ।’ सहयोगीदाताहरुले प्रतिबद्धता व्यक्त गरेका सहयोग उठ्न शुरु भएको र केही बाँकी तत्कालै संकलन गरेर यसअघि निर्णय भए अनुसार कार्य तदारुकताका साथ अघि बढी तत्कालै सम्पन्न हुनेपनि कोषाध्यक्ष शेर्पाले विश्वास व्यक्त गरे । 
संघले साँढे ५ करोडको लगायतमा जग्गा तथा निर्मित भवन खरीद गरेको थियो । भवन खरीदका क्रममा ३० लाख भन्दा माथि सहयोग गर्ने दातालाई सम्मान पत्र, मायाको चिनो, दम्पतीको वा इच्छाएको व्यक्तिको नाम र रकम सहित शिलालेखमा नाम लेखिने, परिचय सहित दम्पती वा इच्छाएको व्यक्तिको ठूलो अकारको तस्वीर भवनको उपयूक्त स्थानमा राखिने र कुनै सभाहलको नाम इच्छाएको व्यक्तिको नामममा राखिने र आजिवन सरक्षक सदस्य प्रदान गरिने उल्लेख गरेको थियो । जसानुसार भुँई तल्लाको नाम गेल्जे लामा शेर्पा नामकरण गरिएको छ । त्यस्तै, पहिलो तल्लाको नाम पासाङ डोल्मा, दोस्रो तल्लाको नाम डेफोडियल (उत्तम लामा) र तेस्रो तल्लाको नाम जिपछिरिङ लामा नामकरण गरिएको छ । 
 

त्यस्तै, १५ लाखदेखि ३० लाख सम्म सहयोग गर्ने दातालाई सम्मान पत्र, मायाको चिनो, दम्पती वा इच्छाएको व्ययक्तिको नाम र रकम सहितको शिलालेखमा नाम लेखिने, परिचय सहित श्रमान र दुबैको वा इच्छाएको व्यक्तिको ठूलो साइजको तस्वीर भवनको उपयूक्त स्थानमा राख्ने, कोठाहरुो नामकरण गरिने उल्लेख गरेको थियो । त्यस्तै, पाँच लाखदेखि १५ लाख, २ लाख ५० हजारदेखि ५ लाख विभिन्न सम्मान गर्ने, तस्वीर टाँस्ने उल्लेख छ । १५ देखि २५ हजारसम्म सहयोग गर्नेलाई भने आजिवन सदस्यता प्रदान गर्ने र शिलालेखमा लेखिने भनेको भवन खरीद उपसमितिका तत्कालिन संयोजक तथा वर्तमान अध्यक्ष गेल्जे लामा शेर्पाले शेर्पाखबरलाई जानकारी दिए ।
भवन खरीदका क्रममा चुक्ता गर्नुपर्ने ऋण दायित्व समेत रहेको बताउँदै अध्यक्ष शेर्पाले भने ‘केही सहयोग संकलन गर्ने योजना छ ।’ 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho