शेर्पा संघमा ‘लोकसेवा प्रशिक्षार्थीवीच अभिमूखिकरण’

शेर्पाखबर

२०७७ फाल्गुन २६, बुधबार


काठमाडौं (शेपाखबर) । नेपाल शेर्पा संघले सञ्चालन गर्न लागेको लोकसेवा आयोग तयारी कक्षामा सहभागि प्रशिक्षार्थीका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । निकट भविष्यमा नै संघले शाखा अधिकृत प्रथम पत्रको तयारी कक्षा सञ्चालनका लागि सहभागिहरुवीच अभिमूखिकरण आयोजना गरेको हो । 
तालिमका लागि देशभरबाट ३० बढीले फारम भरेको छ । तालिम चैत्र १ गते आइतरबाट दैनिक ६ घण्टासम्म संघको कार्यालयमा सञ्चालन हुँदैछ । 
अभिमूखिकरण कार्यक्रममा नीति, प्रशिक्षण तथा योजना विभागका प्रमुख लाक्पा शेर्पाले शेर्पा संघको आगामी कार्यक्रम नीति, योजना र कार्यक्रमबारे प्रकाश पारेका थिए । त्यस्तै, लोकसेवा आयोग तयारी कक्षा सञ्चालन विधि, नीति र कार्यक्रम बारेमा समेत प्रकाश पारेका थिए । 
कार्यक्रममा उपाध्यक्ष च्येङा शेर्पाले स्वागत भनाई राख्दै राज्यमा हाम्रो पहुँच बृद्धि पहिलो एजेन्डा रहेको बताए । सहभागिहरुले तालिम आयोजना गरेर शेर्पा संघले सकारात्मक युवा मैत्री कार्यक्रम अघि बढाएो भन्दै खुसी व्यक्त गरे । 
अभिमूखिकरणपछि सहभागि र आयोजकहरुवीच तालिम सञ्चालन नीति तथा संहिता समेत जारी गरेको विभागीय सचिव मिङमार स शेर्पाले शेर्पाखबरलाई जानकारी दिए । तालिमको सम्पूर्ण प्रक्रिया पूरा गरेर प्रशिक्षार्थीहरुवीच परिचय तथा अभिमूखिकरण कार्यक्रम आयोजना गरेको बताउँदै विभागीय प्रमुख तथा उपाध्यक्ष आङ निमा शेर्पाले बताए । उनले भने ‘लोकसेवा तयारी कक्षा शेर्पा संघको इतिहासमा पहिलो हो । यो प्रभावकारी रुपमा अघि बढाउन सकेको खण्डमा राज्यको निकायमा हाम्रो पहुँच स्थापित गर्दै पहिचान, अधिकार प्राप्तिको यात्रामा समेत सहयोग पुग्नेछ ।’
कार्यक्रममा कोषाध्यक्ष आङ काजी शेर्पा लगायतको उपस्थिती थियो । संघले उपात्यका बाहिरबाट आउनेहरुका लागि खाना, वास र यातायातको व्यवस्था समेत गरेर कार्य अघि बढाएको जनाएको छ । 
 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho