नारी दिवसको विषय ‘वलत्कारीलाई फाँसी !’

लाक्पा जी शेर्पा

२०७७ फाल्गुन २४, सोमबार


काठमाडौं (शेर्पाखबर) । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा राजधानीको तिनचुलीमा वतृत्वकला प्रतियोगिता आयोजना भएको छ । वतृत्वकलामा प्रतियोगिताहरुले ‘बलत्कारीलाई फाँसी’ शिर्षकमा आफ्नो तर्क पेश गरे ।
“महिलाको सुरक्षा, सम्मान र रोजगार समृद्ध नेपालको आधार“ भन्ने नाराका साथ १ सय ११ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा वतृत्वकला प्रतियोगिता आयोजना भएको जनाएको छ । 
 

स्पोट्स स्पेसल क्लब, आनन्दपुर महिला समाज, आनन्दपुर युवा समुहले ‘महिला उत्पीडन र महिलामा हुने सामाजिक समस्याहरूको बारेमा अन्तर–विद्यालय वक्तृत्वकला प्रतियोगिता आयोजना भएको निर्णायक छिरिङ डोल्मा शेर्पाले जानकारी दिइन् । मोडल, पर्यटन र संस्कृति सद्भावनादुत नेपाल पर्यटन बोर्ड तथा मिसेस नेपाल टुरिजम विजेता शेर्पाका साथमा कानूनी व्यवसायी निपेश श्रेष्ठ, विवेकशील साझा पार्टी ईन्देणी विभाग प्रमुख समाइरा श्रेष्ठ, फेशन मोडल असीम रानाभाट, सामाजिक अभियान्ता रोजिना श्रेष्ठसमेत निर्णायकको भूमिकामा थिए ।
 

बौद्ध–६, आनन्दपुर, काठमाडौमा भएको कार्यक्रममा होली एन्जल स्कूल,  नव अरूनिमा सेकेन्डरी स्कूल, विट्स एकेडेमी स्कूल र विधा सागर स्कूलका विद्यार्थीहरु सहभागि थिए । प्रतियोगितामा छात्राहरूका  बिनिता सुनुवार, दिल माया दोङ, सोनाली लामा, दिव्या गुरूङ, मनिसा बुडाथोकी, केसाङ शेर्पा, सोनी कुमारी दास, रुशमा सेन्चुरी सहभागि थिए जसमा होली एन्जल स्कुलका बिनिता सुनुवार उप विजेता र विधा सागर स्कुलका सोनी कुमारी दास विजेता बनिन् । 
मंगोलियको महावाणिज्यदूत छेतेन ग्युर्मे श्रेष्ठको प्रमुख आतिथ्यता, से नाम्खा रिन्पोछेको विशेष आतिथ्यतामा भएको कार्यक्रममा विजेता र उपविजेतालाई क्रमशः ट्रफी, मेडल र प्रमाण पत्रका साथमा नगद पुरस्कार प्रदान गरिएको संयोजक रग्वा शेर्पाले जानकारी दिए ।
 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho