शेर्पा भाषा ‘एप्स’लाई वृहत्त बनाइने

ङावा शेर्पा

२०७७ फाल्गुन २०, विहिबार


काठमाडौं (शेर्पाखबर) । विश्व शेर्पा संघले शेर्पा भाषाको ‘एप्लिकेशन’ निर्माण योजना अघि सारेको छ । एप्लिकेशनलाई पूर्ण बनाउने सम्वन्धमा राजधानीमा एक वृहत अन्तक्र्रिया कार्यक्रममार्फत योजना सार्वजनिक गरेको हो । 
नेपाल शेर्पा संघको केन्द्रीय सभाहलमा भएको कार्यक्रममा शेर्पा समुदायका विशिष्ट व्यक्तित्व, संघसंस्था तथा किदुगका प्रतिनिधीहरुको उपस्थितीमा भएको अन्तक्र्रियामा शेर्पा भाषाको एप्सबारे छलफल भएको थियो । 
शेर्पा भाषा लोप हुँदै गएकोले भाषा सम्बन्धि वृहत एप्लिकेशन निर्माण गर्ने योजना अघि बढाएको जम्बुलिङ शेर्वी छोक्पाका अध्यक्ष इन्जिनियर आङ दोर्जी लामा शेर्पाले जानकारी दिए । सबैलाई लक्षित गरी निर्माण हुने एप्लिकेशन एन्डीड्रोइड र आइओएसमा डाउनलोड गरी प्रयोग गर्न सकिनेछ । 
 

एप्लिकेशनमा शेर्पा, साम्भोटा, नेपाली र अंग्रेजी भाषामा पढ्न सकिनेछ त्यस्तै, शब्दहरु बाचन गर्ने, अनुवाद गर्ने लगायतको व्यवस्था हुने जनाएको छ । अन्तक्र्रिया कार्यक्रममा बताए अनुसार शेर्पा भाषा एप्लिकेशन निर्माणका लागि ३० देखि ३५ लाख रुपैयाँसम्म बजेट खर्च हुने अनुमान गरिएको छ । अन्तक्र्रिया कार्यक्रममा एप्स निर्माण कम्पनीका प्रतिनिधीहरुले प्राविधिक पक्ष बारे हललाई जानकारी दिए । एप्स निर्माणका लागि विश्व शेर्पा संघले नेपाल शेर्पा संघकै भवनमा कार्यालय खडा गरी तत्काल कार्य अघि बढाउने निर्माण समेत गरेको छ । त्यस्तै, भाषा, थर लगायतका विषयमा एकरुपता ल्याउँदै अनुसन्धान गरी कार्य अघि बढाउन समितिहरु समेत गठन गरेको छ । शेर्पाका थरहरु अनुसन्धान गरी निक्र्यौल गर्न नेपाल बौद्ध महासंघका अध्यक्ष आचार्य नुर्बु शेर्पाको संयोजकत्वमा यसअघि नै समिति गठन गरी सकेको छ । 
अन्तक्र्रिया कार्यक्रममा पूर्व मन्त्री कृपाशुर शेर्पा, सहायक मन्त्री आङ छिरिङ शेर्पा लगायतले एप्सको प्रभावकारिताबारे सकारात्मक चर्चा गरे । त्यस्तै, शेर्पा समुदायका अगुवाहरुले एप्स निर्माण कार्य ऐतिहासिक भएको र यसले दिनदिनै लोप हुँदै गएको शेर्पा भाषाको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । 
एप्सले शेर्पाहरुलाई मात्रै नभएर शेर्पा भाषा सिक्न चाहने शोधकर्ताहरुलाई समेत सहयोग पुग्ने नेपाल शेर्पा संघका अध्यक्ष गेल्जे लामा शेर्पाले विश्वास व्यक्त गरे । एप्लिकेशन निर्माणका लागि विभिन्न मुलुकमा आर्थिक सहयोग अभियान समेत सञ्चालन भइरहेको र अन्तक्र्रिया कार्यक्रममै विभिन्न व्यक्तिहरुबाट स्वऐच्छिक सहयोगको घोषणा भएको नेपाल शेर्पा संघका महासचिव लाक्पा शेर्पाले जानकारी दिए ।

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho