नामुद घुसखोरीहरु कम्युनिष्ट भएका छन्ः उपेन्द्र यादव

शेर्पाखबर

२०७७ फाल्गुन १७, सोमबार


काठमाडौं (शेर्पाखबर) । घुसखोरी र नवधनाढ्यहरु नै कम्युनिष्टको खोल ओढेर राजनीतिमा छाएको आरोप लागेको छ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले साम्यवादको नारा लिएर अघि बढेको पार्टीहरु वास्तविक कम्युनिष्ट नभएको दाबी गर्दै यस्तो आरोप लगाएको हो । 
पार्टीको प्रचार विभागद्धारा राजधानीमा आयोजित प्रचार रणनीति तथा प्रशिक्षण कार्यक्रममा प्रशिक्षण दिँदै अध्यक्ष यादवले भने ‘साम्यवादको लक्ष्य लिएकाहरु नै बाटो विराएको छ । यो जनताको आँखामा छारो हाल्ने काम हो ।” अध्यक्ष यादवले अघि बढेर भने ‘तस्करहरु, कमिसन खोरहरु, नवधनाढ्यहरु, घुसखोरीहरु नै कम्युनिष्ट भएका छन् । यसो हेर्ने हो भने वास्तवमा कम्युनिष्ट र कांग्रेसवीच खास फरक देखिएन । साम्यवादी भन्नेहरु नै पूँजीवादमा उन्मूख देखिन्छ ।‘ विश्वको कम्युनिष्ट आन्दोलनको उदाहरण दिँदै अध्यक्ष यादवले भने ‘माक्र्सवादको सिद्धान्तमा आधारित रहेर विश्वमा परिवर्तनहरु नभएका हैनन् तर नेपालमा त्यसोका सिको गर्नेहरुले जनतालाई छलिरहेका छन्, घात गरिहेका छन् ।’
नेपाल विकास नहुनुमा कांग्रेस र कथित कम्युनिष्ट पार्टी भन्नेहरु नै बाधक रहेको आरोप लगाउँदै अध्यक्ष यादवले भने ‘सारमा यो दुई पार्टी एउटै हो । रुपमा फरक देखाएर जनतामा भ्रम छर्दैछ ।’
कार्यक्रममा पार्टीका तत्कालिन महासचिव गंगानारायण श्रेष्ठ, प्रगतीशिल लेखक युग पाठक, तुला नारायण यादव लगायतले प्रशिक्षण दिए । कार्यक्रमको सहजिकरण पार्टीका उपमहासचिव डम्बर खतिवडाले गरे भने पार्टी निकट प्रेस संगठनका अध्यक्ष केशव आचार्यले संगठनको अवस्थाको बरेमा प्रतिवेदन पेश गरेको महासचिव विजय चाम्लिङले जानकारी दिए ।
 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho