शेर्पा विद्यार्थीलाई कानूनी परामर्श

मिङमार शेर्पा

२०७७ फाल्गुन १६, आईतबार


काठमाडौं (शेर्पाखबर) । शेर्पा युवा विद्यार्थीहरुलाई लक्षित गर्दै राजधानीमा एक कानूनी परामर्श कार्यक्रम आयोजना भएको छ । शेर्पा विद्यार्थीहरुको साझा संस्था नेपाल शेर्पा विद्यार्थी संघले कार्यक्रम आयोजना गरेको हो । 
कानूनी साक्षरता आजको आवश्यकता भन्ने आदर्शका साथ आयोजित परामर्शमा अधिवक्ताहरुले घरेलु हिसां, विवाह र सम्बन्ध विच्छेद, साइबर अपराध, यौन हिंसाको बारेमा विद्यार्थीहरुलाई परामर्श दिएका थिए । कार्यक्रममा अधिवक्ता रिता शेर्पा लगायतले परामर्श दिएका थिए । युवाहरुमा कानून बारे जानकारी अभावमा समस्याहरु खेप्नु नपरोस् भन्ने हेतुले कार्यक्रम आयोजना गरिएको अध्यक्ष डेमा छिरिङ शेर्पाले जानकारी दिइन् । अध्यक्ष शेर्पा स्वयम् कानूनका विद्यार्थी हुन् । 
 

‘कानून नजानेर गरेको गल्तीमा छुट पाइँदैन’ भन्ने छ । धेरै युवाहरुलाई कानूनी प्रक्रिया र जटिलताका बारेमा जानकारी अभाव देखिन्छ । त्यस्तैले यो कार्यक्रम आयोजना गरेका हौं । अध्यक्ष शेर्पाले भनिन् ‘यसबाट युवाहरुले नेपालको विद्यामान कानूनी व्यवस्था लगायतका बारेमा मनग्य जानकारी हासिल गरेको अनुभूत भयो ।’
बार्षिक रुपमा विभिन्न विषयमा अभिमूखिकरण तथा सचेतीकरण कार्यक्रम आयोजना गर्दै आएको संघले यस पटक कानूनी परामर्श विषय छानेको हो । कार्यक्रम नेपाल शेर्पा संघको केन्द्रीय कार्यालय नारायणटारमा सम्पन्न भएको महासचिव पासाङ शेर्पाले शेर्पाखबरलाई जानकारी दिए । 
 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho