आङछिरिङ शेर्पाको दोस्रो वार्षिक स्मृतिमा गल्फ प्रतियोगिता

शेर्पाखबर

२०७७ फाल्गुन १५, शनिबार


काठमाडौं। स्वर्गीय आङछिरिङ शेर्पाको दोस्रो वार्षिक स्मृतिमा गल्फ प्रतियोगिता हुने भएको छ। दुई दिने प्रतियोगिता फागुन २१ र २२ गते हुनेछ।
 
यती एयरलान्सको आयोजनामा हुने प्रतियोगिता गोकर्ण फरेस्ट रिसोर्टमा हुनेछ। प्रतियोगिता यती समूहका संस्थापक एवं पर्यटन व्यवसायी स्व. शेर्पाको दोस्रो स्मृतिमा हुन लागेको हो। प्रतियोगितामा देशभरका एक सय ५० खेलाडीको सहभागिता रहने एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए।
 
“पर्यटन व्यवसायी स्व. शेर्पाले नेपालमा गल्फमार्फत् पर्यटन क्षेत्रमा गरेको थालनी, लगानी र योगदानलाई स्मरण गर्दै उक्त प्रतियोगिता आयोजना गर्न लागेका हौँ,” प्रवक्ता बर्तौलाले भने।
 
प्रतियोगितालाई आगामी वर्षमा बृहत र व्यवस्थित बनाउँदै नेपालको सुदूरपश्चिमदेखि पूर्वसम्मका ऐतिहासिक एवं पर्यटकीय स्थलहरूमा आयोजना गर्ने आयोजकले जनाएको छ।
 
प्रतियोगितामा रजिस्ट्रेसन शुल्कमार्फत् संकलन हुने रकम गैरनाफामुखी समाजसेवी संस्थालाई हस्तान्तरण गरिने यती एयरलाइन्सले घोषणा गरेको छ।  

प्रतियोगितामा विजेता र उपविजेता, उत्कृष्ट ग्रस र रनरअप, महिलातर्फको विजेता र उपविजेता, भेट्रानतर्फका विजेता, जुनियरतर्फका विजेता, लङ्‍गेस्ट ड्राइभ, उत्कृष्ट बडिज र क्लोजेस्ट टू पिन गरी मुख्य ११ वटा विधामा पुरस्कारको व्यवस्था गरिएको छ।
 
प्रतियोगिताको मुख्य विजेताले पाँच लाख रूपैयाँ बराबरको ट्राभल प्याकेज जित्‍नेछ। अन्य विजेताहरूले यती समूहकै सञ्‍चालनमा रहेका कम्पनी तथा रिसोर्टहरूले प्रायोजन गरेको विशेष ट्राभल प्याकेज जित्‍ने छन्।

यती समूहका प्रबन्ध निर्देशक शेर्पाको २०७५ फागुन १५ गते ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा निधन भएको थियो।

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho