शेर्पा संघमा लोकसेवा र जनगणना सम्वन्धि बृहत अन्तक्र्रिया 

ङावा शेर्पा

२०७७ फाल्गुन १५, शनिबार


काठमाडौं (शेर्पाखबर) । लोकसेवा तयारी कक्षा सञ्चालन तथा जनगणना सम्वन्धि अन्तक्र्रिया सम्पन्न भएको छ । नेपाल शेर्पा संघ केन्द्रीय समितिद्धारा आयोजित अन्तक्र्रिया विभिन्न निचोड निकाल्दै सम्पन्न भएको हो । 
अन्तक्र्रियामा शेर्पा किदुग, सामाजिक संघसंस्था, उपत्यकामा उपलब्ध जिल्ला समितिका पदाधिकारी र केन्द्रीय समिति सचिवालय सदस्यहरु सहभागि थिए । 

कार्यक्रममा लोकसेवा सम्वन्धमा केन्द्रीय सचिव लाक्पा जी शेर्पा र जनगणना सम्बन्धमा शिक्षा, स्वास्थ्य तथा जनसंख्या विभागका विभागीय प्रमुख तथा उपाध्यक्ष दावा शेर्पाले प्रस्तुती राखे । राज्य व्यवस्था तथा स्वरोजगार विभागका प्रमुख आङ निमा शेर्पाले स्वागत मन्तव्य राखेर शुरु भएको अन्तक्र्रियाको महासचिव लाक्पा शेर्पाले सहजिकरण गरे । कार्यक्रममा नेपाल शेर्पा संघका अध्यक्ष गेल्जे लामा शेर्पाले संघको वर्तमान कार्यक्रम र भावि नीति बारे जानकारी दिए । अन्तक्र्रियापछि निम्न प्रतिबद्धता व्यक्त भएको जनाएको छ । 
 

क) लोकसेवा आयोग तयारी कक्षा सञ्चालनलाई प्रभावकारी बनाउने सन्दर्भमा 
१) किदुग तथा सम्वन्धित संस्थाहरुले आफ्नो क्षेत्रमा योग्यता पुगेका (एसइइदेखि मास्टर डिग्रीसम्म) शेर्पा युवाहरुको तथ्याङ्क संकलन गर्ने र सोको एक प्रति विवरण नेपाल शेर्पा संघको कार्यालयमा पठाउने । 
२) आफ्नो क्षेत्रमा कम्तीमा २५ जना योग्यता पुगेका युवाहरु तालिमका लागि तयार भएमा तालिम सञ्चालनका लागि नेपाल शेर्पा संघमा लेखि पठाउने । समन्वय गर्ने । 
३) लोकसेवाको तहगत (खरिदार, नायब सुब्बा तथा शाखा अधिकृत) तयारी कक्षा सञ्चालन सम्वन्धमा संस्था÷किदुगभित्र कार्ययोजना बनाई नेपाल शेर्पा संघमा पेश गर्ने । 
४) नेपाल शेर्पा संघले यस सम्वन्धमा बनाएका योजनालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न भूमिका निर्वाह गर्ने । 
ख) जनगणना २०७८ को सन्दर्भमा
 १) शेर्पा जातिको एकीन तथ्याङ्क पत्ता लगाउने तथा संकलन गर्न किदुगहरुले जनस्तरमा सम्पर्क अभिबृद्धि गर्ने । 
२) आगामी जनगणनामा कोही नछुटुन भन्ने हेतुले संस्थाको कार्य क्षेत्रमा अन्तक्र्रिया, घरदैलो कार्यक्रम आयोजना गर्ने र सहजीकरणका लागि नेपाल शेर्पा संघबाट प्रतिनिधी आवश्यक भएमा जानकारी दिने । 
३) नेपाल शेर्पा संघले प्रकाशन गरेको प्रचार सामाग्रीहरु आफ्नो क्षेत्रमा वितरण गर्ने, शेर्पा वाहुल्य रहेको क्षेत्रमा रेडियोमार्फत सूचनाहरु थाहा पाई कार्यान्वयन गर्न भूमिका खेल्ने । 
 

४) आफ्नो टोल, वडामा खटिइ आउने गणक तथा सुपरीवेक्षकहरुलाई स्वयम्सेवकको रुपमा सघाउने । 
५) जनगणनाका लागि सुपरीवेक्षक तथा गणक पदमा शेर्पा युवाहरुको उल्लेख्य मात्रमा सहभागिताका लागि किदुग तथा संस्थाभित्र व्यापक छलफल अन्तक्र्रिया सञ्चालन गर्ने । केन्द्रीय तथ्याङ्क विभागको सूचना बारे युवाहरुलाई जानकारी दिई उक्त पदहरुमा फारम भर्न प्रेरित गर्ने । 
६) ‘शेर्पा लेखौं, शेर्पा लेखाऔं’ अभियानमार्फत आफ्नो थर, जात, धर्म, मातृभाषा प्रष्ट रुपमा उल्लेख गर्न प्रेरित गर्ने÷गराउने । 
ग) नेपाल शेर्पा संघले अघि सारेको नीति, कार्यक्रम र योजनालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न भूमिका निर्वाह गर्ने । 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho