सरकारको नेतृत्व परिवर्तन असंभवः मुख्यमन्त्री राई

शेर्पाखबर

२०७७ फाल्गुन १५, शनिबार


ओखलढुंगा (शेर्पाखबर) । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले तत्काल सरकारको नेतृत्व परिवर्तन संभवन नभएको दाबी गरेको छ । ओखलढुंगाको रुम्जाटारमा यातायात व्यवस्था कार्यालय उद्घाटन गर्दै मुख्यमन्त्री राईले यस्तो बताएको हो ।
अदालतले संसद ब्यूँताउने फैसला गरेपनि नेकपाको एउटा समूह बाहेक अन्य दलको साथ लिएर वर्तमान प्रधानमन्त्रीले नै सरकारको नेतृत्वलाई निरन्तरता दिने उनले दाबी गरे । ‘प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गर्ने अदालतको फैसलाले सरकार विरोधी समूहलाई सहयोग पुगेको छ ।’ मुख्यमन्त्री राईले भने ‘मुलुकको नेतृत्व गरेको बहुमत प्राप्त प्रधानमन्त्रीले अराकतालाई परास्त गर्न संसद विघटन गरेर चुनावमा जाने निर्णय गरेको भएपनि अदालतले त्यो निर्णय उल्टाएर अराजकलाई प्रसय दिएको दियो ।’
प्रधानमन्त्री ओलीलाई आफ्नै दल भित्रको एउटा स्वार्थ समूहले असहयोग गरेका कारण ताजा जनादेशमा जाने निर्णय गरेको उल्लेख गर्दै मुख्यमन्त्री राईले अदालतको फैसलाले मुलुकलाई निकास नदिने ठोकूवा गरे । केपी ओलीले निरन्तर सरकारको नेतृत्व गरिरहने उनको भनाई थियो । ‘हामी अदालतको फैसला मान्छौं तर यो फैसलाले मुलुकलाई निकास दिँदैन । अझ अराजक तत्वलाई बल पुगेको छ ।’ उनले अघि भने ‘यो मुलुुकलाई फेरि पनि प्रम ओलीले नै नेतृत्व गर्नुहुनेछ । सुखी नेपाली, समृद्ध नेपालको राष्ट्रिय आकाङक्षा उहाँकै नेतृत्वमा हामी पुरा गर्ने अठोटका साथ अघि बढेका छौं ।’ चुनावी वाचा अनुसार सरकारले बाँकी काम अघि बढाउने उनको धारण थियो । 
मुख्यमन्त्री राईले नेपालमा सांसदको खरिद विक्रि सुरु भएको पनि दाबी गरे ।  प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गर्ने अदालतको फैसला र प्रदेशहरुमा भएको चलखेलले देशमा सांसदहरु खरिद विक्रि सुरु भएको बताए ।
विगतमा बहुमत प्राप्त दल नहुँदा सरकार गठन र सञ्चालनमा अनेकौं झमेला हुने गरेको स्मरण गर्दै फेरिपनि नयाँ समिकरणको चलखेल र सांसदको खरिद विक्रि हुन थालेको बताए । ‘अराजक तत्वहरुले विधि र प्रकृयाबाट गठन भएको सरकार अपदस्त गर्दै आफ्नो स्वार्थ अनुसार सत्ता कब्जा गर्न अहिले हाम्रा देशका सांसदहरुको किनबेच सुरु गरेका छन् ।’ मुख्यमन्त्री राईले प्रदेश १ मा आफु विरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव असफल पार्नेे दाबी गरे । ‘हामीले गरेको काममा गुनासो गर्ने ठाउँ छैन र पनि केन्द्रको समस्या देखाएर प्रदेशमा चलखेल सुरु भएको छ । अविश्वास प्रस्ताव असफल बनाउन हामी सफल हुन्छौं ।’ 
कार्यक्रममा प्रदेश १ का भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङले संघियताले नागरिकलाई घरदैलोमा सेवाको पहुँच पु¥याएको बताए । दुर्गम पहाडी जिल्लाहरुमा सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयहरु स्थापना गरेर प्रदेशका सबै जिल्लाका नागरिकलाई सहज सुविधाको व्यवस्था गरिएको उनको भनाई थियो । ‘ओखलढुंगामा सोलुखुम्बु, खोटाङ र उदयपुरका नागरिकलाई समेत सहज सेवा दिन यातायात कार्यालय स्थापना गर्न सफल भईयो । अन्य जिल्लाहरुमा पनि आवश्यक सेवा विस्तार र सेवामा गुणस्तरताको सुनिश्चितता प्रदेश सरकारले गरिरहेको छ ।’ उनले भने, ‘चुनावको बेला मैले जनताले चाहेको र मागेको भन्दा कयौं गुणा बढी काम गर्ने कसम खाएको थिएँ । आज त्यो वाचा पुरा गरेर थप रचनात्मक काम गरिरहेको छु ।’ रुम्जाटारलाई स्मार्ट सिटी बनाउने, प्रदेश निर्वाचन क्षेत्रमा उच्च स्तरीय रिङरोड बनाउने सहितका महत्वकांक्षी योजना अघि बढेको बताउँदै राज्यमन्त्री गुरुङले दिगो विकासमा केन्द्रित हुने बताए ।
सवारी लाइसेन्स, दर्ता, नविकरण लगायतका सबैकाम ओखलढुंगाबाट हुने गरि कार्यालय स्थापना भएपछि यसक्षेत्रका सेवाग्राहीलाई सहज हुनेभएको छ । यसअघि यातायात सम्बन्धी सामान्य कामका लागि पनि प्रदेश नम्बर २ को लहान, इटहरी वा राजधानी काठमाडौं पुग्नुपर्ने बाध्यता थियो । अब त्यो बाध्यता हटेको छ ।
 

भिजननेपालबाट
 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho