सगरमाथा आरोही संघको नेतृत्वमा पुनः माया शेर्पा

शेर्पाखबर

२०७७ फाल्गुन १५, शनिबार


ओखलढुंगा (शेर्पाखबर) । सगरमाथा आरोहीहरुको साझा संगठन सगरमाथा आरोही संघको अध्यक्षमा माया शेर्पा चयन भएको छ । उनी दोस्रो कार्यकालको लागि अध्यक्ष चुनिएको हो । 
शेर्पाको नेतृत्वमा १३ सदस्यीय समिति प्रमुख निर्वाचन अधिकृत भूपेन्द्र प्रसाद पोखरेलले घोषणा गरे । समितिको प्रथम उपाध्यक्षमा दिवस पोखरेल, द्धितीय उपाध्यक्षमा लाक्पा रंडु शेर्पा, महासचिवमा शिव बहादुर सापकोटा, सचिवमा मदनकुमार चुडाल, कोषाध्यक्षमा दिकी शेर्पा लगायत सदस्यहरु रहेका छन् । ३ सदस्य पछि थप्ने जनाएको छ । 
आरोही संघको विधान २०५७ संशोधन २०५९ अनुसार नयाँ कार्यसमिति घोषणा भएको निर्वाचन अधिकृत इश्वर चापागाईले जानकारी दिए । 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho