भोजपुर र रामेछाप किदुगको अध्यक्षमा फुर्वा तेन्जी र लाक्पा तेन्जी

लाक्पा जी शेर्पा

२०७७ फाल्गुन ९, आईतबार


काठमाडौं (शेर्पाखबर) । भोजपुर र रामेछाप किदुगको बार्षिक अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले भोजपुर किदुगको अध्यक्षमा फुर्वा तेन्जीङ शेर्पा र रामेछाप किदुगको अध्यक्षमा लाक्पा तेन्जी शेर्पालाई सर्वसम्मत चयन गरेको हो । 
२१४८ औं ल्होसार शुभकामना आदनप्रदानका अवसर पारेर आयोजना गरेको अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको जनाएको छ । 

भोजपुर शेर्वी किदुगको यो पाँचौं अधिवेशन हो । फूर्वा तेन्जीङको नेतृत्वमा १३ सदस्यीय समिति चयन गरेको नेपाल शेर्पा संघका केन्द्रीय कोषाध्यक्ष आङ काजी शेर्पाले जानकारी दिए । यता रामेछाप शेर्पा किदुगका नेतृत्वमा पुगेका लाक्पा तेन्जी यसअघि महासचिव थिए । फूर्वा तेन्जीङ पनि महासचिव नै हुन् । फूर्वा तेन्जीङको नेतृत्वमा  उपाध्यक्षमा निमाली शेर्पा र ओङ्छु शेर्पा, महासचिवमा लाक्पा शेर्पा, सचिवमा पेमनुरी शेर्पा, कोषाध्यक्षामा पेमदोर्ची शेर्पा र सदस्यहरुमा डोमा शेर्पा, फुर्बा शेर्पा, गेल्मु शेर्पा, पासाङ शेर्पा, वाङ्छु शेर्पा, मिङ्मा शेर्पा, कमला शेर्पा लगायत रहेका छन् । 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho