नेपाल शेर्पाको अन्तक्र्रियामा किदुगका ५ जना अनिवार्य !

ल्हाक्पा शेर्पा

२०७७ फाल्गुन ८, शनिबार


काठमाडौं (शेर्पाखबर) । नेपाल शेर्पा संघ संघीय (केन्द्र) कार्यसमितिले जनागणना तथा लोकसेवा तयारी कक्षालाई प्रभावकारी रुपमा सञ्चालन गर्न अन्तक्र्रिया कार्यक्रम आयोजना गर्ने भएको छ । फागुन १४ गते शुक्रबार केन्द्रीय कार्यालयमा कार्यक्रम आयोजना गरिएको हो । 
अन्तक्र्रिया, छलफल कार्यक्रममा शेर्पा किदुग, संघसंस्थाबाट अध्यक्ष र महासचिव अनिवार्य गरी कम्तीमा ५ जना उपस्थित हुनुपर्ने महासचिव लाक्पा शेर्पाले जानकारी दिए । 
शिक्षा, स्वास्थ्य तथा जनसंख्या विभागको अगुवाईमा जनगणना र राज्य व्यवस्था तथा स्वरोजगार विभागको समन्वयमा लोकसेवा तयारी कक्षा सञ्चालन अन्तिम चरण पुगेको छ । कार्यक्रममा बढी भन्दा बढी शेर्पा युवाहरुको सहभागिताका लागि अन्तक्र्रिया कार्यक्रम आयोजना गरिएको शिक्षा विभागका प्रमुख दावा शेर्पाले शेर्पाखबरलाई जानकारी दिए । 
अन्तक्र्रियामा लोकसेवा आयोग तयारी कक्षा सञ्चालनलाई प्रभावकारी बनाउन संस्थाहरुको भूमिका, लोकसेवामार्फत राज्यको निकायमा व्यापक शेर्पा युवाहरुको सहभागिता र निष्कर्ष बिषयमा छलफल  हुने विभागीय सचिव मिङमार सार्की शेर्पाले जनायो । 
त्यस्तै, जनगणनामा शेर्पा जातिको एकिन तथ्याङ्क पत्ता लगाउन, संकलन गर्न किदुगहरुले जनस्तरमा सम्पर्क अभिबृद्धि कसरी गर्न सकिन्छ  ? जनगणनाका लागि सुपरीवेक्षक तथा गणक पदमा शेर्पा युवाहरुको उल्लेख्य मात्रमा सहभागिताका लागि किदुगले बनाएका योजना र शेर्पा संघको कार्यक्रमवीच समन्वय कसरी अघि बढाउन सकिन्छ भन्ने विषयमा व्यापक छलफल हुने अध्यक्ष गेल्जे लामा शेर्पा जानकारी दिए । 
यसअघि पनि लोकसेवा र जनगणना सम्वन्धि कार्यक्रम आयोजना भएको थियो । कार्यक्रमलाई अझ प्रभावकारी बनाउन अन्तक्र्रियाले थप मद्दत पुग्ने कोषाध्यक्ष आङकाजी शेर्पाले विश्वास व्यक्त गरे । 

यसैवीच जनगणना सम्वन्धमा संघले शेर्पा विद्यार्थी संघका पदाधिकारीसँग शनिबार छलफल गरेको छ । 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho