वागमती र प्रदेश नं. १ समितिलाई शेर्पा संघको परिपत्र

मिङमार शेर्पा

२०७७ फाल्गुन ७, शुक्रबार


काठमाडौं (शेर्पाखबर) । नेपाल शेर्पा संघले लोकसेवा तयारी कक्षा सञ्चालन तथा जनगणना २०७८ लाई प्रभावकारी बनाउन प्रदेश समितिहरुलाई निर्देशन जारी गरेको छ । कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्न प्रदेश नं. १ र वागमती प्रदेशलाई परिपत्र गरेको हो । महासचिव लाक्पा शेर्पाद्धरा हस्ताक्षरित परिपत्रमा ‘संघले काठमाडौं (केन्द्र)मा शाखा अधिकृत र जिल्ला तथा स्थानीय तहमा खरीदार र नायब सुब्बास्तरको  लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने तयारी गरेको छ । पहिलो चरणमा संघीय कार्यालयमा शाखा अधिकृत तहको कक्षा आगामी फागुन १५ गतेदेखि सञ्चालन गर्ने गरी सूचना आह्वान भएको छ । त्यस्तै, राष्ट्रिय जनगणना २०७८ को सन्दर्भमा संघीय कार्यसमितिले विभिन्न अपिल पत्र र ब्रोसर, पम्प्लेटसमेत प्रकाशन गरी वितरण गरिरहेको छ । यस सम्बन्धमा निम्नानुसार गर्न गराउन हुन अनुरोध छ ।’ उल्लेख छ ।  
१) प्रदेश समितिका लागि निर्देशन
क) प्रदेश समितिले आफ्नो मातहतका समितिहरु जस्तै, जिल्ला, गाउँपालिका तथा वडा समितिहरुमा तत्काल वैठक राखी जनगणना २०७८ सम्वन्धी शेर्पा जातिको सही तथ्याङ्क संकलन सम्बन्धमा व्यापक रुपमा छलफल तथा वैठक आयोजना गरी सचेतना अभिबृद्धि गर्ने । 
ख) अन्य संगठनहरु जस्तैः सांस्कृतिक केन्द्र, युवा, महिला, धार्मिक संस्था (गुम्बा) हरुसँग समन्वय गरी वैठक आयोजना गरी जनगणना र लोकसेवा सम्वन्धमा नेपाल शेर्पा संघले अघि सारेको कार्यक्रम बारे व्यापक प्रचारप्रसार गर्ने । 
ग) जनगणना २०७८ को सन्दर्भमा केन्द्रीय तथ्याङ्क विभागले गणक तथा सुपरीवेक्षक पदमा जनशक्ति माग गरेकाले स्थानीयस्तरमा योग्यता पुगेका शेर्पा युवाहरुलाई व्यापक सहभागि गराउन प्रेरित गर्ने, फारम भरी सोको तथ्याङ्क राख्ने र केन्द्रलाई समेत विवरण पठाउने । 
घ) लोकसेवा सम्वन्धमा योग्यता पुगेका इच्छुक युवाहरुको तथ्याङ्क संकलन गरी केन्द्रमा पठाउने । सो सम्बन्धमा युवाहरुमा जागरण तथा प्रेरणा दिने खाले अन्तक्र्रिया, गोष्ठि, अभिमुखिकरण कार्यक्रम सञ्चालन गर्ने र सो सम्बन्धमा आवश्यक कार्यक्रम तयार पारी केन्द्रमा प्रस्ताव पठाउने । र, सहकार्य गरी तालिम आयोजना गर्ने । 
ङ) लोकसेवा तथा जनगणना सम्बन्धमा शेर्पा वाहुल्य रहेको स्थानमा रेडियोमार्फत सूचनाहरु प्रसारण भइरहेको हुँदा सोबाट समेत आवश्यक जानकारी लिई कार्य गर्ने । 

च) केन्द्रीय सदस्यहरुसँग सहकार्य गरी कार्यक्रम कार्यान्वयनको क्षेत्रमा प्रतिनिधित्व गराउने । सहकार्य र समन्वयमा कुनै समस्या देखिएमा केन्द्रीय कार्यालयमा सम्पर्क गर्ने । 
झ) जिल्ला तथा स्थानीय तहहरुमा नेपाल शेर्पा संघको शाखाहरु पुनः गठन गर्नुपर्ने भएमा, हाल अघि सारेको कार्यक्रमहरु प्रभावकारी कार्यान्वयन गर्न वर्तमान समितिबाट संभव नदेखिएमा समन्वयको अभाव देखिएमा तत्काल सोको प्रतिवेदन केन्द्रमा पठाउने । 
२) विविध
क) यसअघि विभिन्न कार्यक्रमहरुबारे गरेको परिपत्र, निर्देशनका सम्वन्धमा के कति प्रगती भए सोको जानकारी हालसम्म प्राप्त नभएकाले तत्काल प्रगती प्रतिवेदन केन्द्रमा पठाउनु हुन । 
ख) प्रदेश तथा मातहतका समितिहरुको वैठक के कति पटक वस्यो ? कार्यसमितिका पदाधिकारीहरु कति क्रियाशिल रहे, बैठकमा कति सहभागि भए ? विवरण पठाउनु हुन । 
ग) केन्द्रले लागू गरेका कार्यक्रमहरुको बारेमा जानकारी प्राप्त भएनभएको सम्वन्धमा कुनै क्रियाप्रतिक्रिया प्राप्त भएको छैन । समितिको सक्रियताको लागि केन्द्रसँग नियमित सम्पर्क समन्वय गर्नु गराउनु हुन । 
घ) केन्द्रीय कार्यालयको फेसबुक पेज नियमित रुपमा हेरि सूचनाहरु प्राप्त गर्ने र अस्पष्ट भएको विषयमा कार्यालयमा सम्पर्क गरी स्पष्ट हुने । 
ङ) शेर्पा समुदायमा हुने कार्यक्रमहरु दोहोरो नपरुन भन्ने हेतुले विभिन्न निकायबाट हुने कार्यक्रमबारे नियमित रुपमा केन्द्रमा जानकारी गराउने । एउटै उद्देश्य राखी फरक संस्थाबाट कार्यक्रम आयोजना नगर्ने । 
च) संस्थागत रुपमा यघि माग गरेका विवरणहरु यथाशिघ्र केन्द्रीय कार्यालयमा पठाउने । 
छ) समुदायका हितका लागि कार्यक्रम÷प्रस्तावपत्र बनाई स्थानीय तह, प्रदेश सरकारमा पेश गर्ने र समन्वय वा सहजिकरणका लागि केन्द्रसँग सम्पर्क गर्ने । 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho