‘लोकसेवा र जनगणना’ प्रभावकारी बनाउन  शेर्पा संघको परिपत्र

ल्हाक्पा शेर्पा

२०७७ फाल्गुन ७, शुक्रबार


काठमाडौं (शेर्पाखबर) । नेपाल शेर्पा संघले लोकसेवा र जनगणना सम्वन्धि कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गर्न मातहतको निकायलाई परिपत्र गरेको छ । कार्यक्रमलाई कडाईका साथ कार्यान्वयन गर्न मातहतको निकायलाई निर्देशन दिइएको हो । 
संघ अन्तर्गत राज्य व्यवस्था तथा स्वरोजगार विभागले काठमाडौं (केन्द्र)मा शाखा अधिकृत र जिल्ला तथा स्थानीय तहमा खरीदार र नायब सुब्बास्तरको लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने तयारी गरेको छ । त्यस्तै, शिक्षा, स्वास्थ्य तथा जनसंख्या विभागले राष्ट्रिय जनगणना २०७८ को सन्दर्भमा संघीय कार्यसमितिले विभिन्न अपिल पत्र र ब्रोसर, पम्प्लेटसमेत प्रकाशन गरी वितरण गरिरहेको जनाएको छ । 
पहिलो चरणमा संघीय कार्यालयमा शाखा अधिकृत तहको कक्षा आगामी फागुन १५ गतेदेखि सञ्चालन गर्ने गरी कार्यक्रम अघि बढाएको राज्य व्यवस्था विभागका सचिव मिङमार शेर्पाले जानकारी दिए । 
कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गर्न स्थानीय, जिल्ला र प्रदेश समितिलाई निर्देशन जारी गरेको अध्यक्ष गेल्जे लामा शेर्पाले बताए । अध्यक्ष शेर्पाले भने ‘प्रचार सामाग्रीलाई आफ्नो ठाउँमा घरघरमा पुग्ने गरी तदारुकताका साथ वितरणका साथै निम्नानुसार गर्ने गराउने भन्ने निर्णय भएकाले आफ्नो क्षेत्रबाट आवश्यक विवरण उपलब्ध गराउने, सूचना प्रवाह गर्ने कार्यमा सहजिकरण तथा समन्वय गरी दिन हुन अनुरोध छ ।’ 
क) लोकसेवाको सम्वन्धि दायित्वः
१) लोकसेवा तयारी कक्षा बारे स्थानीयस्तरमा व्यापक मात्रमा सचेतना अभिबृद्धि गर्ने । 
२) कक्षा सञ्चालनको लागि संभाव्यता अध्ययन गरी फागुन मसान्तभित्र केन्द्रमा प्रतिवेदन पठाउने । 
३) एसइइ तथा दशजोड दुई न्यून्तम उत्तीर्ण इच्छुक शेर्पा युवाहरुको विवरण संकलन गरी कक्षामा सहभागि हुने नहुने एकिन गरी विवरण केन्द्रमा पठाउने । 
४) सहभागिहरुको नागरिकता, शैक्षिक योग्यता, २ प्रति तस्वीर समेत संकलन गरी फारम भराउने । 
५) अधिकृतस्तरको लागि विपन्न वा दुर्गम क्षेत्रको हकमा जिल्लाबाट सिफारिस संलग्न गरी तालिममा सहभागि हुन केन्द्रमा पठाउने । 
६) अधिकृतस्तरका लागि न्यूनतम स्नातक तह उत्तीर्ण गरी २१ बर्ष पूरा भई ३५ बर्ष ननाघेकाहरुलाई प्रेरित गर्ने । 
७) केन्द्रमा सहभागि हुनेहरुका लागि खाना, वस्ने र यातायातको व्यवस्था केन्द्रीय कार्यालयले मिलाउने बारे जानकारी दिने । 
ख) स्थानीय तहले विवरण संकलन गरी जिल्लामा पठाउने, जिल्लाले सम्पूर्ण स्थानीय तहसँग समन्वय गरी प्राप्त विवरणलाई प्रदेशमा पठाउने । प्रदेशले आफ्नो प्रदेश भित्रको विवरणलाई सक्कलै वा एक्सेल फर्मेटमा भरि इमेल मार्फत केन्द्रमा पठाउने व्यवस्था मिलाउने । 
ग) जनगणना सम्वन्धि दायित्व
अ) शेर्पा लेखौ, शेर्पा लेखाऔं अभियानलाई व्यापक बनाउने ।
आ) केन्द्रीय तथ्याङ्क विभागले गणक तथा सुपरीवेक्षक पदमा जनशक्ति करार सेवामा माग गरेकाले गणकका लागि २०७८ वैशाख १५ र सुपरीवेक्षकका लागि २०७७ चैत्र २० गतेभित्र आफ्नो नजिकको जनगणना कार्यालय वा अनलाइनमार्फत फारम भरी मौकाको फाइदा लिन सम्पूर्ण शेर्पा युवाहरुलाई सूचित गराउने ।  
इ) जेठ २५ देखि असार ८ गतेसम्म हुने १२ औं राष्ट्रिय जनगणना सोधिने प्रश्नावली मध्ये मूख्य रुपमा बुँदाहरु ३.६, ३.७, ३.८, ३.९, र ३.१० नम्बरको प्रश्नहरुमा निम्नानुसार आफ्नो जातीय पहिचान, भाषा, धर्मबारे स्पष्ट रुपमा टिपोट गर्न र गराईदिन हुन हार्दिक अपिल गर्ने । 
निम्नः
प्रश्नः जात÷जाति के हो ?
    उत्तरः शेर्पा 
प्रश्नः पूर्खाको भाषा कुन हो ?
    उत्तरः शेर्पा
प्रश्नः मातृभाषा कुन हो ?
    उत्तरः शेर्पा
प्रश्नः दोस्रो भाषा कुन हो ?
    उत्तरः नजिकैको कुनै आदिवासी समुदायले बोलिने भाषा वा नेपाली ।
प्रश्नः धर्म कुन मान्नु हुन्छ ?
    उत्तरः बौद्ध/बुद्ध    
ई) शेर्पा बसोवास रहेको जिल्लाहरु लक्षित गरी स्थानीय रेडियो मार्फत सूचना प्रसारण गर्ने कार्य भएकाले सो सम्बन्धमा जानकारी गराउने । 
उ) केन्द्रबाट स्वयम्सेवकको रुपमा खटिइ आएका प्रतिनिधी तथा सहजकर्तालाई सहयोग गर्ने । 
ऊ) आफ्नो क्षेत्रमा जनगणनाका सन्दर्भमा देखिएका समस्या तथा विगतका अभ्यासका सम्वन्धमा केन्द्रलाई लेखि पठाउने साथै गणक तथा सुपरीवेक्षकले गर्ने कार्यहरुको अनुगमन तथा समन्वय गर्ने । थुचिछे !

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho