तीन कार्यकाल अध्यक्ष बनेका शेर्पाको निधन

२०७७ फाल्गुन ४, मंगलबार


काठमाडौं (शेर्पाखबर) । नेपाल शेर्पा संघ जिल्ला कार्यसमिति दोलखाका पूर्व अध्यक्ष आङ काजी शेर्पाको निधन भएको छ । तीन कार्यकालसम्म अध्यक्ष बनेका शेर्पाको फागुन ४ गते ६२ बर्षको उमेरमा निधन भएको हो । 
दोलखा जिल्लाको जिरी नगरपालिका वडा नं. ५ निवासी शेर्पा लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिए । राजधानीको अल्का अस्पतालमा निधन भएको नेपाल शेर्पा संघका केन्द्रीय सचिव तथा स्थानीय आङ पासाङ शेर्पाले जानकारी दिए । 
शेर्पाको निधन प्रति नेपाल शेर्पा संघ केन्द्रीय समिति एक शोक वक्तव्य जारी गरी दुःख व्यक्त गरेको छ  ।

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho