ह्यात मैदानमा जिस्टारको ल्होसार भव्य

लाक्पा जी शेर्पा

२०७७ फाल्गुन १, शनिबार


काठमाडौं (शेर्पाखबर) । हिमाली आदिवासी शेर्पा लगायत बौद्धमार्गीहरुको राष्ट्रिय पर्व तथा नयाँ बर्ष ‘च्याक् मो लाङ लो (गोरुबर्ष) २१४८’ लोसारको अवसरमासांस्कृतिक कार्यक्रम आयोजना गरेको छ । राजधानीको चुच्चेपाटीस्थित ह्यात मैदानमा जिस्टार इभेन्टसले कार्यक्रम आयोजना गरेको हो ।  बौद्धधर्मलम्वीहरुले मान्दै आएको सोनाम र ग्याल्बो ल्होसार यस बर्ष एकै दिन माघ ३० मा परेको छ । 
लोसारको अवशरमा शुक्रबार शुरु भएको कार्यक्रम शनिबार भव्यरुपमा सास्कृतिक कार्यक्रम सहित लोसार मनाइने कार्यक्रम संयोजक डिजे छेवाङ शेर्पाले जानकारी दिए । कोरोना महामारीको प्रभावले यस बर्ष औपचारिक कार्यक्रमहरु स्थगित भएपनि निजी क्षेत्रबाट कार्यक्रमहरु आयोजना गरेको हो । सोही कार्यक्रममा हालै विश्वको जोखिमपूर्ण हिमाल ‘माउन्ट किलर’ को सफल आरोहण गरी फर्केका निर्मल पुर्जा, मिङमार डेभिड शेर्पा लगायतका आरोहीहरुलाई सम्मान गरेको थियो । 
जिस्टारले अघिल्लो वर्षहरुमा समेत चुच्चेपाटी स्थित हायत चौरमा लोसार कार्यक्रमहरु गरिदै आएको थियो । कार्यक्रममा शेर्पा लगायत चर्चित कलाकारहरुको सास्कृतिक प्रस्तुतीहरु रहने आयोजकहरुले जनाएको छ । कार्यक्रमका गोरखा वियरले प्रयोजन गरेको छ । त्यस्तै, विभिन्न कम्पनीहरुले साझेदारी गरेका छन् । कार्यक्रममा चर्चित गायक रोज मोक्तान, गायिका टिका प्रसाई, ज्योति मगर, एन्जिला रेग्मी, ‘वल्ड गिनिजबुक रेकर्ड होल्डर’ डिजे छेवाङ लगायत दर्जन बढी कलाकारहरुको प्रस्तुती रहने जनाएको छ ।
 

डिजे छेवाङ

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho