मिस एण्ड मिस्टर टिन शेर्पाको उपाधी डोल्मा र युगेनलाई

शेर्पाखबर

२०७७ माघ २८, बुधबार


 काठमाडौँ (शेर्पाखबर) । मिस टिन शेर्पा २०२१ को उपाधि डोल्मा छिरिङ शेर्पाले प्राप्त गरेकी छिन् । त्यस्तै, मिस्टर टिन शेर्पा २०२१ को उपाधि युगेन शेर्पाले हात पारेका हुन् । 
काठमाडौँमा आइतवार सम्पन्न प्रतियोगितामा ९ प्रतिस्पर्धीलाई उछिन्दै डोल्माले उपाधि जितेकी हुन् । युगेनले भने पाँच प्रतिस्पर्धीलाई पछि पारेका हुन् ।
उपाधि जितेका डोल्मा र युगेनाले ताज सहित जनही २० हजार रुपैयाँ नगद हात पारेका छन् ।
प्रतियोगितमा मिस टिन शेर्पातर्फ डोल्मा शेर्पा र मिङमा शेर्पा फस्ट र सेकेण्ड रनर अप बने । यस्तै, मिस्टर टिन शेर्पातर्फ दावा जाङबु शेर्पा  र गौतम शेर्पा  फस्ट र सेकेण्ड रनर अप भएका छन् ।

 

कार्यक्रमका प्रमुख अतिथि नेपाल विद्युत् प्राधिकरणका तत्कालिन कार्यकारी निर्देशक कुलमान घिसिङ, विशेष अतिथि नेपाल शेर्पा संघका अध्यक्ष गेल्जे शेर्पा सहभागी थिए ।
संघका अध्यक्ष गेल्जे शेर्पा लामाले प्रतियोगिताले शेर्पा समुदायको किशोरकिशोरीमा रहेको प्रतिभा प्रस्फुटन गराउन महत्वपूर्ण भूमिका खेलेको बताए । ‘यस्ता खालका अवसरले आत्मविश्वास बढाउन समेत मद्दत गर्दछ । युवाहरुमा विभिन्न विषयको ज्ञान बृद्धि गर्दै बौद्धिक क्षमता बढाउन समेत प्रतियोगिताले महत्वपूर्ण भूमिका खेलेको छ ।’
कार्यक्रमका प्रमुख अतिथि नेपाल विद्युत् प्राधिकरणका तत्कालिन कार्यकारी निर्देशक घिसिङले यस्ता कार्यक्रमले किशोर किशोरीको व्यक्तित्व विकास हुने र क्षमतावान प्रतिभाहरुले मञ्च प्राप्त गर्ने आधार रहेको बताए । उनले भने ‘हामी कति धेरै किशोरकिशोरीहरुले यस्तो कुनै अवसर प्राप्त गर्न सकेनौं । अवसर प्राप्त नहुँदा हामीले हाम्रो क्षमता देखाउन पनि पाएनौं । तर, अहिले यस खाले कार्यक्रमले युवाहरुले अवसर प्राप्त गरेको छ ।’ शेर्पा समुदायको हक अधिकारका लागि सहयोग गर्न आफू सँधै तयार रहेको सो अवसरमा घिसिङले प्रतिबद्धता व्यक्त गरे ।
 

मिस एण्ड मिस्टर टिन शेर्पाको यो तेस्रो संस्करण हो । प्रतियोगिता गौतम बुद्ध फिल्म्स प्रालिले सन् २०१९ देखि आयोजना गर्दै आएको अध्यक्ष छिरिङ डोल्मा शेर्पाले बताइन् । शेर्पा समुदायको किशोर किशोरीहरुमा भएको खुबीलाई प्रस्फुटन गराउन र आत्मबल बढाउन नियमित रुपमा प्रतियोगिता आयोजना गर्दै आएकोे शेर्पाले बताइन् । 
कार्यक्रममा शेर्पा समुदायका नायक कर्मा शेर्पा, प्रथम शेर्पा लेखिका लाक्पा फुटी शेर्पा लगायतले निर्णायकको भूमिका निर्वाह गरे । 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho