तीन कार्यकालपछि शेर्पा सञ्चारमा पुरुष नेतृत्व, अध्यक्षमा पासाङ

शेर्पाखबर

२०७७ माघ २४, शनिबार


काठमाडौं (शेर्पाखबर) । शेर्पा सञ्चार समूह नेपालको अध्यक्षमा पासाङ शेर्पा चयन भएको छ । शनिबार सम्पन्न छैठौं महाधिवेशनले शेर्पालाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । यससँगै तीन कार्यकालपछि सञ्चारमा पुरुषको नेतृत्व स्थापित भएको हो । यसअघि डोमा शेर्पा, फुर्किमा शेर्पा र निमलेकी शेर्पाले सञ्चारको तीन कार्यकाल नेतृत्व गरेका थिए । 
नेपाल शेर्पा संघको सभाहल नारायणटारमा भएको महाधिवेशनले शेर्पाको नेतृत्वमा नयाँ समिति चयन गरेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङको प्रमुख आतिथ्यतामा भएको खुल्ला सत्रपछि भएको बन्द सत्रले शेर्पालाई अध्यक्षमा चयन गरेको महाधिवेशन प्रतिनिधीहरुले जनाएका छन् । 
खुल्ला सत्रमा बोल्दै मन्त्री गुरुङले शेर्पा समुदायको इतिहासको बारेमा चर्चा गरे । उनले आगामी माघ ३० गते पर्ने ग्याल्पो लोसारको अवसरमा सार्वजनिक विदा सरकारले दिने समेत घोषणा गरे । 
महाधिवेशनको खुल्ला सत्रमा नेपाल शेर्पा संघका संघीय अध्यक्ष गेल्जे लामा शेर्पा लगायतले विचार व्यक्त गरे । वन्दसत्र नेपाल बौद्ध महासंघका अध्यक्ष आचार्य नुर्बु शेर्पाको संयोजकत्वमा भएको थियो । नवनिर्वाचित अध्यक्ष शेर्पा यसअघि महासचिव थिए । उनी योहो टेलिभिजनमा कार्यरत छन् । 
 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho