पर्यटन वोर्डमा शेर्पा नियूक्त 

लाक्पा जी शेर्पा

२०७७ माघ २४, शनिबार


काठमाडौं (शेर्पाखबर) । नेपाल पर्यटन बार्डको सदस्य पदमा ङावा ङिमा शेर्पा मनोनित भएको छ । शेर्पालाई २०७७ माघ २३ गते बोर्ड सदस्यमा नियूक्त गरेको हो ।
शेर्पासहित चन्द्र रिजाल लगायतले नियूक्ती पाएसँगै बोर्डले पूर्णता पाएको हो । संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री भानुभक्त नेपालले उनीहरुलाई बोर्ड सदस्यमा नियूक्त गरेको मन्त्रालय स्रोतले जनायो । 
लामो समयदेखि सोडा एड्भेन्चर ट्रेक्स कम्पनी मार्फत पर्यटन प्रबद्र्धनमा सक्रिया शेर्पा प्रदेश नं. १ को पर्यटन विकास समितिको समेत सदस्य हुन् । त्यस्तै, ओखलढुंगा पर्यटन विकास समितिका अध्यक्ष समेत रहेका शेर्पा ओखलढुंगा जिल्ला खिजीदेम्बा गाउँपालिका वडा नं. ९, फाप्रे निवासी हुन् ।  
यसै अवसरमा नेपाल शेर्पा संघले शेर्पालाई बधाई ज्ञापन गरेको छ । संघले एक वधाई सन्देश जारी गर्दै शेर्पाको कार्यकालमा ‘नेपालको पर्यटन विकास, सम्बद्र्धन, प्रबर्धनका साथै शेर्पा समुदायले पर्यटनसँग जोडिएर गरेका ऐतिहासिक कार्यहरुको थप मूल्याङ्कन र इतिहास लेखन हुने लिइएको’ जनाएको छ ।  
‘शेर्पाको कार्यकालमा सिंगो शेर्पाको शिर उँचो बनाउने अभियानमा साझेदारी र सहकार्यको अपेक्षासहित सफल कार्यकालको शुभकामना व्यक्त गर्दछ ।’ बधाई सन्देशमा उल्लेख छ ।   

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho