उमाकुण्ड गापामा ग्याल्पो ल्होसारमा सार्वजनिक विदा !

कर्मा रिन्जी शेर्पा

२०७७ माघ २२, विहिबार


कर्मा रिन्जी शेर्पा
रामेछाप (शेर्पाखबर) ।
यहाँको उमाकुण्ड गाउँपालिकाले आगामी माघ ३० गते पर्ने ग्याल्पो ल्होसारको अवसरमा सार्वजनिक विदा दिने घोषणा गरेको छ । नेपाल शेर्पा संघ जिल्ला कार्यसमिति रामेछापले आयोजना गरेको उद्घोषण, भाषण र क्षमता विकास कार्यक्रमको समापन सत्रमा गाउँपालिका प्रमुख शेरबहादुर सुनुवारले विदा दिने घोषणा गरे । 
संघले माघ १६ देखि २१ गतेसम्म ७ दिने आधारभूत भाषण, उद्घोषण क्षमता अभिबृद्धि तालिम जिल्ला कार्यसमितिको सभा हल उमाकुण्ड २ देउरालीमा आयोजना गरेको थियो । 
तालिमको सहजिकरण हिमालयन शेर्पा सांस्कृतिक केन्द्रका महासचिव सेर्कु शेर्पाले गरे । 
गाउँपालिका प्रमुख सुनुवारले युवाहरुको क्षमता अभिबृद्धिका यस खाले कार्यक्रम अनिवार्य जस्तै बन्दै गएको बताए । युवाहरुको क्षमता अभिबृद्धिका लागि आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे ।
अध्यक्ष सुनुवारले तालिममा सिकेका ज्ञान, सीपलाई पूर्णरुपमा व्यवहारमा उतार्न सहभागीहरुलाई आग्रह गरे ।  प्रशिक्षार्थी लक्ष्मी महर्जनले क्षमता अभिबृद्धि तालिमबाट धेरै कुराहरु सिक्न सफल भएको र आत्मवल समेत बढेको बताए । 
कार्यक्रमको संयोजक संघ जिल्ला कार्यसमितिको निवर्तमान अध्यक्ष ङातेम्बा शेर्पाले उपस्थित सम्पूर्णलाई धन्यवाद दिए । तालिममा ४७ जना प्रशिक्षार्थीहरुलाई प्रमुख अतिथिले प्रमाणपत्र बितरण गरे ।
नेपाल शेर्पा संघ केन्द्रीय समिति र रामेछाप शेर्पा किदुकको प्रयोजनमा तालिम सञ्चालन भएको हो । 
उक्त कार्यक्रममा अध्यक्ष सुनुवार प्रमुख अतिथिको रुपमा उपस्थित थिए भने संघका जिल्ला कार्यसमिति रामेछापको अध्यक्ष नुरी शेर्पा सभाध्यक्ष थिए । त्यसैगरि गाउँपालिकाको उपाध्यक्ष उर्मिला कार्की बस्नेत, उमाकुण्ड वडा नं. २ का वडा अध्यक्ष खम्बाध्वाज बस्नेत, नेपाल शेर्पा संघ केन्द्रीय सह–कोषाध्यक्ष बाबुकाजी शेर्पा, रामेछाप शेर्पा किदुकका प्रतिनिधि, नेपाल शेर्पा विद्यार्थी संघ जिल्ला कार्यसमिति रामेछापको अध्यक्ष पासाङ दिकु शेर्पा, हिमालयन शेर्पा सांस्कृतिक केन्द्रको जिल्ला कार्यसमितिको अध्यक्ष ल्हाक्पा शेर्पा लगायतका अतिथिका रुपमा सहभागि थिए । 

कर्मा रिन्जी शेर्पाका अन्य लेख तथा रचनाहरु

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho