भूमि आयोगको विज्ञ सदस्यमा शेर्पा नियूक्त

लाक्पा जी शेर्पा

२०७७ माघ २१, बुधबार


काठमाडौं (शेर्पाखबर) । भूमि सम्वन्धि समस्या समाधान आयोग, सोलुखुम्बुको विज्ञ सदस्यमा कुन्जाङ शेर्पा चयन भएका छन् । भूमि व्यवस्था, सहकारी तथा गरीवि निवारण मन्त्रालयको मिति २०७७ माघ १५ गतेको निर्णय अनुसार विज्ञ सदस्यमा शेर्पा चयन भएको हो ।
देशभरिबाट सदस्य चयन हुने शेर्पा एक मात्र सदस्य हुन् । मन्त्रालयले देशभरका ७७ जिल्लामा आयोगको अध्यक्ष र दुई जना सदस्य नियूक्त गरेको हो ।  नेपाल शेर्पा संघ जिल्ला कार्यसमिति सोलुखुम्बुका सचिव हुन् । उनी क्रियाशिल युवा नेताको रुपमा समेत सोलुखुम्बुमा परिचित छन् । 
यसवीच देशभरिबाट एक जना मात्रै शेर्पा आयोगको सदस्यको रुपमा चयन भएको भन्दै नेपाल शेर्पा संघ संघीय कार्यसमितिले एक विज्ञप्ति प्रकाशन गरी शुभकामना दिएका छन् । ‘विभिन्न सामाजिक संघसंस्था लगायत शेर्पा जातिको पहिचान, अधिकार र इतिहासका रक्षा र समुदायको हितमा क्रियाशिल शेर्पाले आफ्नो कार्यकालमा भूमि सम्वन्धि हिमाली क्षेत्रमा व्यप्त समस्या र शेर्पाहरुले खेप्नु परेको जग्गा सम्वन्धि जटिल विषयलाई समाधान गरी भूमिका माथिको स्वामित्व, पूर्ण भोगचलनको अधिकार स्थापित गर्न पहल गर्ने र कतिपय भूमिविहिन शेर्पा आदिवासीहरुलाई भूमि माथिको स्वमित्व जोगाउन विशेष भूमिका निर्वाह गर्ने कुरामा विश्वास व्यक्त गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्दछ ।’ बधाई सन्देशमा भनिएको छ । 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho