३९ हजार गणक, ८ हजार सुपरिवेक्षक पदमा भर्ना खुल्यो

शेर्पाखबर

२०७७ माघ १७, शनिबार


सरकारले २०७८ साल जेठ २५ देखि असार ८ गतेसम्म सञ्चालन हुने १२औं राष्ट्रिय जनगणनाका लागि ३९ हजार गणक र ८ हजार जना सुपरिवेक्षक करारमा नियुक्त गर्नका लागि केन्द्रीय तथ्यांक विभागले दरखास्त आव्हान गरेको छ ।

गणक तथा सुपरिवेक्षक भर्ना गर्नका लागि  फारम भर्न सकिने गरी सूचना जारी गरेको छ ।

गणकका लागि न्यूनतम शैक्षिक योग्यता दश जोड दुई वा सो सरह, उमेर १८ देखि ४० वर्षभित्रको हुनुपर्नेछ । महिलाहरुको हकमा भने ४५ वर्षसम्मकाले फारम भर्न पाउनेछन् ।

यसैगरी सुपरिवेक्षकका लागि न्यूनतम शैक्षिक योग्यता स्नातक तह वा सो सरह हुनुपर्नेछ । उमेरको मापदण्ड भने गणक सरह नै तोकिएको छ ।

गणक तथा सुपरिवेक्षक भएर काम गर्न चाहनेले ६० दिनभित्रमा अर्थात आगामी चैत ११ गतेसम्ममा दरखास्त दिनुपर्नेछ ।
गणक तथा सुपरिवेक्षक भएर काम गर्न स्थानीय तहमै बसोबास गरेको नागरिक हुनुपर्ने मापदण्ड बनाइएको छ ।

यसका लागि अनलाइनबाट समेत निवेदन दिन सकिनेछ । जसका लागि विभागकाे वेबसाइट https://censushrms.cbs.gov.np/ मा गएर फारम भर्न सकिनेछ ।

फारम भर्नका लागि हालसालै खिचिएको पासपोर्ट साइजको फोटोको स्क्यान, नागरिकताको दुवै साइडको स्क्यान, न्यूनतम शैक्षिक योग्यताको प्रमाणपत्र (ट्रान्सक्रिप्ट) स्क्यान लगायत डकुमेन्ट चाहिनेछ । डकुमेन्टको स्क्यान कपी बढीमा २ एमबी हुनुपर्नेछ ।

अनलाइनबाट फारम भरेको सात दिनसम्म फारममा आवश्यक फेरबदल गर्न सकिनेछ । र त्यसपछि सबमिट गरी सबमिशन नम्बर लिनुपर्नेछ । सबमिशन नम्बर लिइसकेपछि भने फारममा फेरबदल गर्न पाइने छैन ।

विभागले माध्यवधि निर्वाचनले जनगणना प्रभावित नहुने जनाएको छ ।

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho