पर्यटन नबुझेकाहरु पर्यटन मन्त्री भएपछि समस्याः महासचिव शेर्पा

सार्की शेर्पा

२०७७ मंसिर २७, शनिबार


समाजवादी पर्यटन श्रमिक ट्रेड यूनियनकोतर्फबाट महासचिव सार्की शेर्पाद्धारा प्रस्तुत प्रतिबद्धता पत्र ।
शेर्पा पार्टी प्यलेसमा सम्पन्न नेपाल समाजवादी पर्यटन मजदुर संघ र संघीय पर्यटन मञ्चबीचको समायोजन कार्यक्रममार्फत मलाई समाजवादी पर्यटन श्रमिक टे«ड यूनियनको महासचिव जस्तो पदमा सर्वसमत् चयन गर्नु भएकोमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु । नेपालको लगभग ५० प्रतिशत बढी आर्थिक रुपमा सहयोग र राजश्व संकलन गर्ने पर्यटन क्षेत्रका पर्यटन मजदुरहरुको हकहितका लागि आवाज उठाउने यस यूनियनले महत्वपूर्ण जिम्मेवारी पूरा गर्न मैले मेरो व्यक्तिगत तर्फबाट पर्यटन मजदुरहरुको लागि केही आवश्यकीय कार्यहरु गर्न र गराउन दबाव सिर्जना गर्न केही प्रतिबद्धता व्यक्त गर्न चहान्छु । 
 

नेपालको गौरवको केन्द्र र राजश्व संकलनको प्रमुख पक्ष पर्यटन क्षेत्र प्रति वनाएको नीति तथा कार्यक्रमहरु हेर्दा अझै पनि नेपालको राजनैतिक नेतृत्वहरुले पर्यटन क्षेत्रको विषयमा राम्ररी बुझ्न नसकेको अनुभूत हुन्छ । तथापी, नेपालको आर्थिक धरोहरको रुपमा रहेको पर्यटन क्षेत्रका मजदुर लगायत पर्यटन सम्बन्धि कानूनहरु पर्यटन मजदुर र यस क्षेत्रमा आबद्ध श्रमिकहरुका निम्ति कार्य गर्ने भन्दै विभिन्न ट्रेड यूनियनहरु स्थापना भएको देखिन्छ । तर, अहिलेसम्म केही उपलब्धी मूलक परिवर्तन भने हुन सकेको छैन ।
२०७४÷०७५ को श्रम नीति हेर्दा पर्यटन क्षेत्रमा काम गर्ने मजदुरहरुलाई हेर्ने दृष्टिकोण र गठित यूनियनहरुको भूमिका र कामका बारेमा प्रष्ट बुझिन्छ ।
१) पर्यटन क्षेत्रमा काम गर्ने मजदुरहरु कुनै प्रकारको दुघटनामा परि घाईते वा अंगभंग भएमा व्यक्तिहरु र मृत्यू भएका परिवारको वालवच्चाका लागि निःशुल्क शिक्षा र आवासको व्यवस्था गर्न राज्य र व्यवसायीहलाई दबाब सिर्जना गर्ने । 
२) आपात्कालिन रुपमा आइपर्ने समस्या लागयत प्राकृतिक प्रकोप, महामारी लगायतका समस्याका कारण पर्यटन क्षेत्रको श्रमिकहरु बेरोजगार भई वस्न वाध्य छन् । यस विषयलाई विशेष ध्यानमा राख्दै राज्य र व्यवसायको तर्फबाट मजदुरहरुलाई राहत दिलाउन विशेष पहल गर्ने ।
३) पर्यटन श्रमिकहरुको लागि श्रम ऐन २०७४ लाई हेर्ने हो । पर्यटन श्रमिकहरुको हितका लागि ऐनहरु अपुरो रहेको कारण यसमा थप ऐन बनाउन विशेष पहल गर्ने ।
४) श्रम ऐन २०७४ मा मौसमी श्रमिकहरुको सामाजिक सुरक्षा कोषको लागि भनिए पनि हाल पर्यटन क्षेत्रमा आबद्ध सम्पूर्ण श्रमिकहरुलाई यस सम्बन्धी केही व्यावस्था हुन नसकेको कारण यस विषयलाई विशेष ध्यान दिदै सामाजिक सुरुक्षा कोषको लागि विशेष पहल गर्ने ।
५) पर्यटन क्षेत्रमा आबद्ध सम्पूर्ण मजदुरहरुको हितको निम्ति तत्कालिन र दीर्घकालिन राहतको व्यवस्था गर्न विशेष पहल गर्ने ।
६) नेपालको आर्थिक धरोहरको रुपमा रहेको पर्यटन क्षेत्रमा काम गर्ने मजदुरको हकहितका निम्ति र पछिल्लो समय राष्ट्र निकुञ्ज लगयतले उठाउने प्रवेश शुल्क असूल्ने कार्य प्रति विभिन्न पर्यटन मजदुरहरुले विरोध गरेको भएता पनि यस विषयमा केही सनुवाईहरु नभएको कारण यस विषयलाई विशेष प्रथामितामा राखेर यसलाई हटाउन वा के कसरी सम्भव हुन्छ रोक्न लगाउन पहल गर्ने ।
७) सहासिक पर्यटन क्षेत्रमा आबद्ध मजदुरहरु पछिलो समय विभिन्न दुर्घटनामा परेको तितो घटना हामी सामु छर्लंग छ ।  यसको प्रमुख कारण प्रर्याप्त मात्र प्रशिक्षणका अभाव नै प्रमुख कारण देखिएकोले पर्यटन मजदुरहरुलाई उचित तालिमको व्यवस्था गरी यस क्षेत्रका मजदुरको पेशागत सुरक्षाको व्यवस्था गर्न विभिन्न निकायलाई सहकार्य र विशेष पहल गर्ने । पर्यटन विधेयक मस्यौदा २०७७ मो सरकारले तोकिएको उचाई भन्दा माथि गाईड अनिवार्य भनि अस्पष्ट रहेकोले नेपालको परिवेशमा २ हजार ५ सय मिटर भन्दा माथि र राष्ट्रिय निकुञ्ज, संरक्षण क्षेत्र, अराक्षरण क्षेत्र, लगायतको क्षेत्रमा पथ प्रदर्शक (गाईड) अनिवार्य गराई रोजगारी सिर्जना गर्ने कार्यमा विशेष जोड दिने ।
८) राज्यले पर्यटन क्षेत्रमा काम गर्ने मर्यटन मजदुरहरुलाई विभिन्न निकायले प्रवेश शुल्क असुल्ने, कर संकलन गरे अनुरुप मजदुरहरुको अनुपति पत्र नविकरण एकद्वार प्राणाली लागु गर्नु पर्ने र एउटै अनुमति पत्रले नेपाल अधिराज्यभर काम गर्न पाउने गरी व्यवस्था गर्न र पर्यटन क्षेत्रमा काम गर्ने मजदुरले गर्ने कामको हस्तक्षेप गरी विभिन्न निकायमा दिने भएको कारण यी कार्यहरु पर्यटन क्षेत्रमा आबद्ध मजदुरहरुलाई अवसर दिनु पर्ने कुरालाई विशेष प्रथामिकतामा राखी सम्बन्धित निकायमा छलफलको विषय बनाउन पहल गर्ने ।
९) मजदुरहरुबाट र पर्यटन क्षेत्रबाट राजश्व स्वरुप आएको केही प्रतिशत रकम मजदुरहरुलाई प्रशिक्षण तथा तालिम प्रदान गर्न आर्थिक संकलन तथा विनियोजन गर्नु पर्ने र तालिम पश्चात सही गन्तव्यको पहिचान गरी काम गर्ने अवसर प्रदान गर्ने । पर्यटन क्षेत्रका मजदुरहरुलाई रोजगारीको अवसर भएको सम्भावनाको क्षेत्रहरु जस्तै ः– आरोहण, पथ प्रदर्शक, प्याराग्लाईडिब, स्काई ड्रईभिब, भोटिब, क्लाईविब, बन्जीजम्प, ¥याप्टिङ, होटल लगायतका क्षेत्रहरु ।
१०) पर्यटन क्षेत्रमा अबद्ध मजदुरहरुलाई अनुभव र दक्षताको आधारमा वर्गीकरण गरी त्यस अनुसारको काम र राज्यबाट पाउने सेवा सुविधालाई सुनिश्चित गर्न र व्यवसायबाट पाउने सेवा सुविधा लगायत परिश्रामिकमा समेत व्यवस्था गरी कामको गरेको आधारमा नियुक्तिको व्यवस्था गर्नु पर्ने विषयलाई सम्बन्धित निकायसँग छलफल लगायतका कार्यक्रमहरु आयोजना गर्न र लागु गर्न विशेष पहल गर्ने ।
११) पथ प्रदर्शकको तालिमलाई व्यवसायिक रुपमा विस्तार गरी गुणात्मक भन्दा पनि संख्यात्मक रुपमा गाईड उत्पादन गर्ने प्रवृति बढ्दै गएकाले यसबाट गुणात्मक गाईडको उत्पादन गर्न र अहिलेसम्म उत्पादन भएका गाईडहरुलाई पुनः ताजगी तालिमको व्यवस्था गरी विदेशबाट आउने श्रमिकलाई भन्दा पनि नेपालको उत्पादित गाईडहरुलाई अवसर दिलाउन विशेष पहल गर्ने ।
विभिन्न पर्यटन मजदुरहरुको हकहितका निम्ति विभिन्न आन्दोलन र बहसका कार्यक्रमहरु आयोजना गरि राज्यलाई पर्यटनको निति निर्माण गर्नमा सहयोग साथै सजग गराउने । यसका लागि टिगान, सगरमाथा आरोही संघ, नेपाल पर्वतारोही संघ लगायत पर्यटन मजदुरहरुको हकहितको निम्ति स्थापना भएका संघसंस्थाहरुसँग सहकार्य गर्दै पर्यटन क्षेत्रको नीति निर्माण तहसम्म आवाज पु¥याउन विशेष पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दछ ।
 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho