स्वयम्भूको बुद्धमूर्ति नभत्काउन दबाब

लाक्पा जी शेर्पा

२०७७ मंसिर १४, आईतबार


लाक्पा जी शेर्पा
१४ भाद्र २०७७
काठमाडौं (शेर्पाखबर) । विश्व सम्पदा सूचिकृत स्वयम्भु क्षेत्रको बुद्धमूर्ति लगायत भत्काइ चक्रपथ विस्तार गर्न लागेको विरोधमा स्वयम्भू विश्वसम्पदा क्षेत्र बचाऔं अभियानले पत्रकार सम्मेलन आयोजना गरेको छ ।  विश्व सम्पदामा सूचीकृत स्वयम्भू क्षेत्रको ऐतिहासिक, धार्मिक, सांस्कतिक सीमा स्तम्भ, त्यसभित्र रहेको हातले घुमाउने माने र हजार मूर्तिसहितको स्तुपा (साङ्गे तोङ्कु) समेत भत्काउन गइरहेको भन्दै विरोध गरेको हो । 
नेपाल बौद्ध महासंघका अध्यक्ष समेत रहेका आचार्य नुर्बु शेर्पाको संयोजकत्वमा गठीत समितिले एक विज्ञप्ति जारी गर्दै ‘बुद्ध जन्मेको देशमा सरकार र सम्बन्धित निकायले गरेको यसखाले कार्यले एकातिर हामी समस्त बौद्धमार्गीहरू तथा ऐतिहासिक–धार्मिक–सांस्कृतिक सम्पदाप्रेमीहरूको भावनामा गम्भीर चोट पुर्याएको छ भने अर्कोतिर विश्व जगतमा समेत धुलो उडाउँदै बुद्धको मूर्तिको संरचना भत्काउने जस्ता कार्यले नकारात्मक सन्देश प्रवाह हुने निश्चित छ ।’ उल्लेख गरेको छ । 
भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत सडक विभागले चक्रपथ बिस्तारको दोश्रो चरणमा कलंकीदेखि चाबहिलसम्मको सडक बिस्तार गर्ने योजना अन्तर्गत उक्त क्षेत्रहरुमा पर्ने संरक्षणहरु भत्काउने निर्णय गरेको थियो । 
विज्ञप्तिमा ‘बुद्ध जन्मेको देशका बौद्धमार्गीहरू र धार्मिक शान्ति तथा सद्भाव पक्षधरहरू एकजुट भई भगवान बुद्धका हजार मूर्तिहरू सहितको स्तुपा, सीमा स्तम्भ र हाम्रो दैनिक नित्यकर्म गर्ने मानेहरू बचाउन तथा मुलुककै गौरवको रुपमा चिरपरिचित रहेको स्वयम्भू विश्व सम्पदाको भूक्षेत्रलाई समेत जोगाउने ध्येयले सामाजिक, धार्मिक, सांस्कृतिक संघसंस्थाहरू, गोन्पा, गुठी र व्यक्ति÷व्यक्तित्वहरूको २०७७ मंसिर ५ गते स्वयम्भूस्थित मनाङ समाज सेवाको गुम्बामा बसेको भेलाले ‘स्वयम्भू विश्व सम्पदा क्षेत्र बचाऔँ अभियान’को गठन गरेको जनाएको छ ।
विकासको गति अबरुद्ध हुन नदिने र बौद्धमार्गीहरूको धार्मिक सम्पदाको पनि संरक्षण हुने गरी सो ऐतिहासिक–सांस्कृतिक–धार्मिक संरचना नभत्काइकन पनि सडक बिस्तार गर्न सकिने विकल्प हुँदाहुँदै सरकार र सडक बिस्तार गर्ने सम्बन्धित निकाय जबर्जस्त रुपमा अगाडि बढीरहेको भन्दै समितिले  असहमति जनाएको छ । 
‘शाक्यमुनि बुद्धको जन्मभूमि नेपालमा विगतमा पनि नेपाली बौद्ध भिक्षुहरूलाई देश निकाला गर्ने, बौद्ध संस्कृति सम्पदाहरूमाथि अतिक्रमण गर्ने कार्य निरन्तर दोहोरिरहको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ ‘पछिल्लो समय विश्वसम्पदाले तोकेको स्वयम्भू परिसरको क्षेत्र नै मिचिने गरी सडक बिस्तार गर्ने कार्य धार्मिक–सांस्कृतिक सम्पदालाई सम्मान गर्न नसकेकोले थप प्रश्न उब्जाएको’ उल्लेख गरेको छ । 
बुद्धका मुर्ति, हातेमणि र हजार बुद्ध सहितको ७५ फिटको अग्लो विशाल नमुना बोधिचैत्य सहितको पर्खाल समेत भत्काउने धार्मिक–सांस्कृतिक सम्पदा संरक्षणविरोधी कदम अविलम्ब रोक्न अभियानले माग गरेको छ । ‘उत्पन्न समस्या समाधानका लागि तत्काल छलफल–परामर्श थाल्न जोड्दार आग्रह गर्दछौं । युनेस्को, पुरातत्व विभागको स्वीकृतिमा निर्माण गरिएको विश्वसम्पदा क्षेत्रका ऐतिहासिक–धार्मिक धरोहरहरूलाई जथाभावी भत्काउने, पुनःनिर्माण गर्ने गराउने कार्य आफैमा अन्तर्राष्ट्रिय सिद्धान्त, ऐन, मूल्य–मान्यता र भावनाविपरित कार्य हुने समेत स्मरण गराउँदछौं ।’ विज्ञप्तिमा भनिएको छ । 
सडक बिस्तार लगायत कुनै पनि पूर्वाधारहरू भत्काउँदा वा पुनःनिर्माण गर्दा सबै धर्मवलम्बीहरूको धार्मिक–सांस्कृतिक–ऐतिहासिक सम्पदाहरूलाई क्षति नपु¥याई गर्नुपर्ने अभियान्तहरुको ठहर छ । अभियान्तहरुले आफ्नो मागहरुलाई वेवस्ता गरे कडा कदम चाल्ने समेत चेतावनी दिएको छ । ‘हाम्रो अनुरोधलाइृ नजरअन्दाज गरेर सरकार र सम्बन्धित निकायहरू सत्ता र शक्तिको भरमा जर्बजस्त अगाडि बढेमा त्यसका विरुद्ध उत्पन्न हुने अप्रिय जुनसुकै परिस्थितिको जिम्मेवार स्वयम् नेपाल सरकार र सम्बन्धित संयन्त्रहरू नै हुने स्पष्ट पार्दछौं ।’
अभियानका कार्यक्रमहरूलाई आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न राष्ट्रिय–अन्तर्राष्ट्रिय क्षेत्रका धार्मिक–सांस्कृतिक सम्पदाप्रेमीहरूमा अपिल समेत गरेको छ । पहिलो चरणको शान्तिपूर्ण अभियानको कार्यक्रम अन्तर्गत मंसिर १४ गते (आज) पत्रकार सम्मेलन आयोजना गरेको थियो । त्यस्तै, २०७७ मंसिर मसान्तभित्र ः प्रधानमन्त्री, संस्कृति मन्त्री, भौतिक पूर्वाधार मन्त्री, सडक विभाग, महानगरपालिका, पुरातत्व विभाग, युनेस्को आदिमा ज्ञापन पत्र बुझाउने,    जनाचेतनामूलक जागरण तथा प्रचार–प्रसार कार्यक्रम विभिन्न संघसंस्थाहरू र स्थानहरूमा गर्ने, स्वयम्भू र बौद्ध स्तुपा क्षेत्रमा हस्ताक्षर सङ्कलन, मंसिर २० गते स्वयम्भू, बौद्ध, लुम्बिनी क्षेत्रमा शान्तिपूर्ण दीप प्रज्वलन    र मंसिर २७ गते स्वयम्भू परिसरमा शान्तिपूर्ण मौन र्याली आयोजना गर्ने कार्यक्रम रहेको प्रचारप्रसार संयोजक आङकाजी शेर्पा किसानले शेर्पाखबरलाई जानकारी दिए । 
अभियानमा नेपाल शेर्पा संघका अध्यक्षले प्राविधिक समितिको नेतृत्व गरिरहेको र सम्पूर्ण शेर्पा लगायत बौद्धमार्गीहरुलाई यस अभियानमा सहयोग गर्न अध्यक्ष गेल्जे लामा शेर्पाले अपिल समेत गरे ।
 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho