शेर्पा संघ वेलायतको अध्यक्षमा आङ दावा शेर्पा चयन

लाक्पा जी शेर्पा

२०७७ मंसिर ४, विहिबार


लाक्पा जी शेर्पा
४ मंसिर २०७७

काठमाडौं (शेर्पाखबर) । शेर्पा संघ वेलायतको ८ औं विशेष अधिवेशनबाट अध्यक्षमा आङ दावा शेर्पा च्यावा चयन भएको छ । शेर्पाको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्य समिति चयन भएको हो ।   नवनिर्वाचित प्रथम उपाध्यक्षमा ङावाङ योतेन ग्यासो शेर्पा, उपाध्यक्षमा आङ ल्हाक्पा शेर्पा, महासचिवमा रिन्जी शेर्पा, सचिवमा डोल्मा शेर्पा, कोषाध्यक्षमा नुरी शेर्पा, सहकोषाध्यक्षमा काजी शेर्पा च्यावा त्यस्तै, संस्कृति विभाग सचिवमा याङजी शेर्पा, सहसचिवमा आङ दाली शेर्पा र सदस्यहरुमा दावा छिरिङ शेर्पा, छिरिङ शेर्पा, लाक्पा शेर्पा, मिङमार नुरु शेर्पा, नुरु शेर्पा र सोनाम शेर्पा रहेका छन् ।    अनलाईन भर्चुअलमार्फत भएको अधिवेशनले ४ बर्षका लागि नयाँ कार्यसमिति चयन गरेको अध्यक्ष शेर्पाले जानकारी दिए । अध्यक्ष शेर्पा यसअघि कार्यवाहक अध्यक्ष थिए । अध्यक्ष सोना शेर्पाको निधन भएपछि उनी कार्यवाहक अध्यक्षको रुपमा संघको नेतृत्व गरी रहेको थियो । 
विश्व शेर्पा संघका अध्यक्ष इ.आङ दोर्जी लामा शेर्पाको प्रमुख आतिथ्यमा भएको अधिवेशनमा नेपाल शेर्पा संघका केन्द्रीय अध्यक्ष गेल्जे लामा शेर्पा लगायतले शुभकामना मन्तव्य व्यक्त गरे । अधिवेशनले बार्षिक प्रगती प्रतिवेदन, कार्ययोजना पारित गरेको छ । त्यस्तै, विधान आयव्याय विवरणलाई समेत सर्वसम्मतीमा पारित गरेको जनाएको छ । 
यसैवीच, नवनिर्वाचित पदाधिकारीलाई नेपाल शेर्पा संघले सिंगो शेर्पा समुदायको तर्फबाट भन्दै शुभकामना व्यक्त गरेको छ । अध्यक्ष गेल्जे लामा शेर्पाद्धारा हस्ताक्षरित बधाई पत्रमा प्रवासमा रहेर शेर्पा भाषा, संस्कार, संस्कृतीको निरन्तर विकासमा संघ क्रिायशिल हुनुलाई गर्वको विषय मानेको छ । भनिएको छ ‘आम नेपाली र शेर्पा समुदायको वृहत्तरहित तथा उन्नतीका खातिर निरन्तर क्रियाशिल हुनु आफैमा गर्वको विषय हो ।’ शेर्पा जातिको पहिचान, संस्कृतीको रक्षाको लागि संघले खेलेको भूमिकाको प्रशंस गर्दै नेपाल शेर्पा संघले बधाई पत्रमा ‘पहिचानको रक्षा, सभ्यता, इतिहासको संरक्षण र प्रबद्र्धनका लागि संघले विगतदेखि खेल्दै आएको भूमिका सह्रणीय छ । त्यस्तै, शिक्षा, स्वरोजगार, भाषाको विकासका लागि गरेको योगदानको आम नेपाली र शेर्पा समुदायले यस अवसरमा स्मरण गर्दछ ।’ उल्लेख छ । 
नयाँ कार्यसमितिले संघको मूल उद्देश्यलाई आत्मसाथ गर्दै अझ सशक्त र प्रगतीशिल योजनाहरु ल्याई कार्यक्रमहरु प्रभावकारी रुपमा सञ्चालन गर्ने आशा व्यक्त गरेको उल्लेख छ । 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho