शेर्पा नृत्य प्रतियोगितामा १५ छानिए

लाक्पा जी. शेर्पा

२०७७ कार्तिक १९, बुधबार


शेर्पा इभेन्टस अर्गनाइजरले आयोजना गरेको प्रथम शेर्पा एकल नृत्य प्रतियोगिताको दोस्रो चरणको नतिजा सार्वजनिक गरेको छ । उत्कृष्ठ १० र ५ बाट ५–५ जना छानिएको हो । 
सामाजिक सञ्जालमार्फत दिएको जानकारी अनुसार नादिङ भाका नृत्यतर्फ जोरपार्टी, काठमाडौंका डोल्मा शेर्पा (१५), चौरीखर्क, सोलुखुम्बुका ल्हाक्पा डोमा शेर्पा (८८), भोजपुरका फुरयाङजी शेर्पा (६६), जिरी दोलखाका छेकी शेर्पा (२२), दिक्तेल खोटाङका निमा जाङमु शेर्पा (२०) छानिएका छन् । 
त्यस्तै, वालवालिकातर्फ सोताङ सोलुखुम्बुका छिमी टाक्तोक शेर्पा (२), सोताङकै सोडेन शेर्पा (२६)। संखुवासभाका पेमा छोटिन शेर्पा (३४), खिजीदेम्बा ओखलढुंगाका पासाङ दिकी शेर्पा (१२६) र सिन्धुपाल्चोक भोटेकोसीका पासाङ ल्हमु शेर्पा (१८०) रहेका छन् । 
श्याब्रु नृत्यतर्फ सोलुखुम्बु माप्यदुधकोसीका पासाङ गेलु शेर्पा (१०९), खुम्बु पासाङल्हमु, सोलुखुम्बुका निमा याङजी शेर्पा (१५३), माप्यदुधकोसीकै पासाङ ल्हमु शेर्पा (३६), सोलुदुधकुण्ड १ की दावा जाङमु शेर्पा (२८) र नेचासल्यान १ का पेमा रिन्जी शेर्पा (१७३) छनौटमा परेको आयोजक संस्थाका अध्यक्ष नुरु शेर्पाले जानकारी दिए । 
बरिष्ठ गायक तथा संगीतकार देण्डी शेर्पाले एक भिडियो सन्देशमार्फत दोस्रो चरणको नतिजा सार्वजनिक गरेको हो । 
 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho