ग्याल्जेन शेर्पाको उपचारका लागि टाप्टिङ किदुगको  सहयोग 

मिङमार स. शेर्पा

२०७७ कार्तिक ९, आईतबार


मिङमार शेर्पा
९ कार्तिक २०७७
काठमाडौं (शेर्पाखबर) । मेरुदण्डको क्षयरोग पीडित सोलुखुम्बुका ग्याल्जेन शेर्पाको उपचारका लागि सहयोग हस्तान्तरण गरेको छ । पिके सोलुखुम्बु टाप्टिङ समाज सेवा, काठमाडौंले संकलित सहयोग रकम विरामीलाई हस्तान्तरण गरेको हो । 
लामो समयदेखि विरामी भई सल्यक्रिया गर्नुपरेपछि शेर्पालाई आर्थिक अभाव भएको थियो । आर्थिक अभावका कारण समयमा उपचार नपाएका शेर्पालाई समाज सेवा अर्थात टाप्टिङ किदुगले ७६ हजार पाँच सय पचहत्तर रुपैया संकलन गरी आर्थिक सहयोग हस्तान्तन गरेको कोषाध्यक्ष ङावाङ फूरी शेर्पाले जानकारी दिए ।

विरामीको उपचारका लागि लाग्ने खर्च एक विदेशी नागरिकले सहयोग गरेपनि ‘राजधानीमा वस्ने र खानेका लागि समस्या देखिएकोले हामीले केही सहयोग रकम हस्तान्तरण गरेको छौं ।’ समाज सेवाका अध्यक्ष आङ दावा शेर्पाले भने ‘विभिन्न देशबाट शुभचिन्तकहरुले स्वऐच्छिक रुपमा पठाउनु भएको सहयोगमा संस्थाको तर्फबाट १५ हजार थपेर सहयोग गरेका हौं ।’
 

पर्यटन मजदुरका रुपमा काम गरेर जीविको चलाउँदै आएको शेर्पाको उपचार राजधानीको शिक्षण अस्पताल महाराजगन्जमा भइरहेको संस्थाका महासचिव अम्बर तामाङले जानकारी दिए । 
३० बर्षिय विरामी शेर्पा सोलुखुम्बु सोलुदुधकुण्ड नगरपालिका १० धिमिलका स्थानीय हुन । उनको श्रीमती र एक छोरी छन् । स्वास्थ्य अवस्था नाजुक भएको र उपचारका लागि अझै खर्च लाग्ने भएकाले विरामीले सहयोगका लागि समेत अपिल गरेका छन् । 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho