जसपा प्रदेश नं. १ समितिमा गायक गम्बु शेर्पा मनोनित

लाक्पा जी शेर्पा

२०७७ अश्विन २५, आईतबार


२५ भाद्र, २०७७
काठमाडौं (शेर्पाखबर) ।
जनता समाजवादी पार्टी प्रदेश नम्बर १ को पदाधिकारीको बैठक सम्पन्न भएको छ । बैठकले प्रदेश समितिमा चर्चित गायक गम्बु शेर्पालाई मनोनित गर्दै सम्पन्न भएको हो । 
प्रदेश समितिको असोज २४ गते झापाको दमकमा बसेको वैठकले शेर्पासहित १५ जनालाई प्रदेश सदस्यमा मनोनयन गरेको जसपा १ नम्बर प्रदेश अध्यक्ष प्रविण चाम्लिङले जानकारी दिए । यससँगै प्रदेशसभा १ सय १० सदस्यीय भएको छ ।
गम्बु शेर्पा असोज १० गते राजधानीमा आयोजित एक कार्यक्रममा तामजामका साथ पार्टी प्रवेश गरेका थिए । उनीसहित ३ सय ५५ जनाले एक साथ जसपामा प्रवेश गरेको समाजवादी शेर्पा संघका अध्यक्ष छिरिङ शेर्पाले जानकारी दिए । 
 

पेशाले गायक गम्बु शेर्पा सामाजसेवामा समेत अग्रणी मोर्चामा छन् । ‘नेपालमै केही गर्ने र माटो सुहाउँदो राजनीति गर्ने’ भन्दै १८ बर्ष अमेरिका बसाई त्यागेर केही बर्षअघि नेपाल फर्के थिए । ओखलढुंगा खिजीदेम्बा निवासी शेर्पा जसपामा प्रवेशसँगै आगामी निर्वाचनमा ओखलढुंगा प्रदेश ‘क’ बाट नतिजा निकाल्न सक्ने दाबेदार समेत हुन । उनी पार्टी प्रवेश गरेपछि यतिवेला युवाहरुको पार्टी प्रवेशको लहर नै चलेको छ । 
पहिचान सहितको संघीयतालाई संस्थागत गर्न आफू जसपामा प्रवेश गरेको बताउँदै शेर्पाले भने ‘पुराना पार्टीहरुबाट कुनै निकासको अपेक्षा नगर्नु नै राम्रो देखेँ । नयाँ राजनैतिक विचार र उत्पीडित वर्ग, समुदायको मुद्दा बोक्ने एक मात्रै पार्टी जनता समाजवादी पार्टी रहेको निष्कर्षमा पुगेरै पार्टी प्रवेश गरेको हुँ ।’ ५ महिनाको अध्ययनपछि पार्टी छनौट गरेको बताउँदै नेता शेर्पाले भने ‘कसैको लहैलहैमा लागेर दल प्रवेश गरेको होइन, हाम्रो विचार, मुद्दा र पहिचान वोक्ने पार्टी भएकाले प्रवेश गरेको हुँ । यो पार्टीले विधानमा पहिचान लेखेको छ । घोषणापत्रमा स्पष्ट रुपमा देशको भविष्य कोरेको छ ।’
 

गम्बु शेर्पाको मनोनयन लगायत प्रदेश समिति वैठकले १ नम्बर प्रदेशको नाम जातीय पहिचानको आधारमा हुनुपर्ने समेत अडान राखेको छ । समितिले प्रदेशको नाम ‘किरात–लिम्बुवान–मधेश–शेर्पालुङ’ प्रस्ताव गरेको छ । प्रदेशको नामका विषयमा संसदीय दलमार्फत प्रदेशसभामा टेबल गर्ने गरी कार्यसमेत अघि बढाइएको प्रेश नेपालका नेता कमन देवनले शेर्पाखबरलाई बताए । त्यस्तै, बैठकले वर्तमान कोभिडको महामारीमा पनि सरकार भ्रष्टाचार, कमिसनमा लुप्त भएको कालाबजारी मौलाएको भन्दै यसलाई नियन्त्रण गर्न र कोभिडमा भएको खर्च सार्वजनिक गर्न माग गर्ने निर्णय समेत भएको अध्यक्ष चाम्लिङले जानकारी दिए ।
 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho