शेर्पा संघको अभियान ‘खोटाङमा खाद्यान्न, दृष्टिविहिनलाई नगद’

शेर्पाखबर

२०७७ अश्विन २४, शनिबार


काठमाडौं (शेर्पाखबर) । नेपाल शेर्पा संघको राहत कार्यक्रम अन्तर्गत खोटाङमा खाद्यान्न वितरण गरेको छ । शेर्पा संघ अमेरिकाको आर्थिक सहयोगमा खोटाङका ८० घरपरिवारलाई खाद्यान्न वितरण गरेको हो । 
त्यस्तै, संघले दृष्टिविहिन कलाकार दावा शेर्पालाई नगद सहयोग गरेको छ । तातोपानी, सिन्धुपाल्चोकका शेर्पा वन्दावन्दीसँगै कामविहिन हुँदा गुजरा चलाउन समस्या भएको थियो । उनलाई नगद १५ हजार आर्थिक सहयोग गरेको कोषाध्यक्ष आङ काजी शेर्पाले जनाए । 
खोटाङमा भएको राहत वितरण कार्यक्रम नेपाल शेर्पा संघ खोटाङ जिल्ला समितिको आयोजनामा भएको थियो । कार्यक्रममा दिक्तेल रुपाकोट मजुवागढी नगरपालिकाका मेयर, उपमेयर विनादेवी राई लगायतको उपस्थितीमा जिल्लाको मुढेमा राहत वितरण गरेको प्रथम उपाध्यक्ष साङ्गे लामा शेर्पाले शेर्पाखबरलाई जानकारी दिए । 
नेपाल शेर्पा संघले आपतकालिन राहत कोष स्थापना गरी विभिन्न क्षेत्रका पीडितहरुलाई आर्थिक तथा खाद्यान्न लगायतको सहयोग गर्दै आएको छ । 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho