सुकुम्बासी वस्तीमा शेर्पा संघद्धारा राहत वितरण

शेर्पाखबर

२०७७ अश्विन १२, सोमबार


काठमाडौं (शेर्पाखबर) । नेपाल शेर्पा संघले राजधानीको सिनामंगलस्थित सुकुम्बासी वस्तीका शेर्पाहरुलाई राहत वितरण गरेको छ । २५ घरपरिवारलाई दाल, चामल, नुन र खानेतेलको प्याकेज राहत वितरण गरेको हो । 
शेर्पा संघ अमेरिकाको आर्थिक सहयोगमा संघले विभिन्न ठाउँमा राहत वितरण गर्ने कार्यक्रम अन्तर्गत सुकुम्वासी वस्तीमा पनि राहत वितरण गरेको कोषाध्यक्ष आङ काजी शेर्पाले जानकारी दिए । राहत वितरण कार्यक्रममा केन्द्रीय अध्यक्ष गेल्जे लामा शेर्पा, महासचिव लाक्पा शेर्पा, सचिव लाक्पा जी शेर्पा र केन्द्रीय सदस्य मिङमार सार्की शेर्पा लगायत सहभागि थिए । 

कोरोना महामारीका कारण लामो समय सरकारले वन्दावन्दी घोषणा गरेसँगै सुकुम्वासी वस्तिमा वसोवास गर्नेहरु बढी प्रभावित थिए । 
त्यस्तै, यसअघि भएको निर्णय अनुसार सोलुखुम्बु महाकुलुङ छेस्कामका ङिमा लामु शेर्पाको परिवारलाई २५ हजार आर्थिक सहयोग गरेको छ । गत वैशाखमा शेर्पाको चट्याङका कारण ज्यान गुमाउनु परेको थियो । उनको एक नबालिका छोरी समेत छन् । केन्द्रीय कार्यालयमा महासचिव लाक्पा शेर्पाले महाकुलुङ किदुगका सदस्या फूर्वा शेर्पालाई सो रकम हस्तान्तरण गरे । 
नेपाल शेर्पा संघले आपतविपतमा परेका तथा दीर्घ रोगीहरुका लागि सहयोग गर्ने हेतुले आपतकालिन राहत कोष स्थापना गरी सञ्चालन गरेको छ । 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho