सिन्धुपाल्चोकमा शेर्पा संघद्धारा राहत वितरण

मिङमार सार्की शेर्पा

२०७७ अश्विन ७, बुधबार


काठमाडौं (शेर्पाखबर) । नेपाल शेर्पा संघले सिन्धुपाल्चोकका बाढी पीडितहरुका लागि राहत प्रदान गरेको छ । जुगल, पाँचपोखरी थाङपाल, भोटेकोसी गाउँपालिका र बाह्रविसे नगरपालिकाका प्रभावितहरुलाई नगद राहत प्रदान गरेको हो ।

प्रभावित मध्ये ४२ घर मृतकका परिवारलाई नगद राहत प्रदान गरेको केन्द्रीय उपाध्यक्ष च्येङा शेर्पाले जानकारी दिए । शेर्पा संघ अमेरिकाले संकलन गरेको राहत रकम शेर्पा संघको समन्वयमा वितरण गर्ने निर्णय अनुसार कार्य भएको शेर्पाले जनाए । राहत वितरण कार्यक्रममा बाह्रविसे नगरपालिकाका मेयर निमा फिन्जो शेर्पा, उपमेयर सुशिला पाख्रिन त्यस्तै, भोटेकोसी गाउँपालिकाका उपप्रमुख दाबुटी शेर्पा, वडा अध्यक्ष साङ दोर्जे शेर्पा लगायत सहभागि थिए । शेर्पा संघबाट केन्द्रीय उपाध्यक्षद्धय लन्जम शेर्पा र च्येङा शेर्पा, सचिवद्धय आङ पासाङ शेर्पा र लाक्पा जी शेर्पा, केन्द्रीय सदस्य मिङमार सार्की शेर्पा र आङदोर्जे शेर्पा, प्रदेश अध्यक्ष आङ छिरी शेर्पा लगायतका प्रतिनिधीहरु पुगेका थिए ।

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho