ग्याल्जेन शेर्पा वीर अस्पतालमा अलपत्र !

मिङमार स. शेर्पा

२०७७ भाद्र २५, विहिबार


२५ भाद्र २०७७
काठमाडौं (शेर्पाखबर) । सोलुखुम्बु जिल्ला सोलुदुधकुण्ड नगरपालिका १० लुम्साका ५० बर्षिय ग्याल्जेन शेर्पा वीर अस्पतालमा अलपत्र अवस्थामा भेटिएका छन् । क्षयरोगबाट पीडित शेर्पा अस्पतालको भर्याङको कुनामा टेबलमा अलपत्र अवस्थामा भेटिएका हुन । ३ महिना अघि क्षयरोग देखिएपछि अस्पताल भर्ना भएका शेर्पाको अस्पतालमा दुई पटकसम्म शल्यक्रिया गरी फोक्सोमा जमेको पानी झिकेका थिए । तर, पछि उपचार गर्ने खर्च सकेपछि उनलाई अस्पतालले जवरजस्त ‘डिस्चार्ज’ गरेपछि शेर्पा अलपत्र परेका हुन् । १५ दिनदेखि उनी भर्याङको एक कुनामा कुप्रिएर सुतिरहेको अवस्थामा शेर्पाखबरकर्मीले भेटेका हुन् । स्वास्थ्य अवस्था गम्भिर भएका शेर्पाको उपचारका लागि रकम जुटाउन नसक्ने जनाएपछि उनलाई निकालेको एक कुरुवाको दाबी छ । घाउ पाकेर गन्हाईरहेको अवस्थामा फेला परेका शेर्पाले लामो समयदेखि खाना पनि पाएका छैन । फोक्सोमा टिविदेखिएपछि अस्पताल भर्ना भएका शेर्पाको उपचारमा आफन्तले समेत चासो नदिँदा विरामीको अवस्था नाजुक भएको अस्पतालकै एक कुरुवाले जनाए । 

भिडियो रिपोर्टका लागि केही समय प्रतिक्षा गर्नुहोला


शुरुमा उनको क्षतिको शल्यक्रिया गरी पाइप राखेको थियो । केही समयपछि त्यो पनि निकालेर उनलाई उपचार नै नगरी निकालि दिएका छन् । अस्पतालले भने विरामी आफै शैय्या छोडेर गएको र प्रक्रिया पूरा गरेर नै डिस्चार्ज गरेको दाबी गरेका छन् । 
विरामीको गम्भिर अवस्था भेटेपछि उनका आफ्न्तलाई खबर गरेपनि चासो नदेखाएपछि थप समस्या भएको कुरुवा कर्मा शेर्पाले जनाए । विरामीका लागि खाना पुरानो बसपार्कमा केही अभियान्तहरुसँग मागेर खुवाउँदै आएको जनाएको छ । 
यसवीच गम्भिर विरामी ग्याल्जेन शेर्पाको अवस्था बारे नेपाल शेर्पा संघले चासो देखाएको छ । संघको सामाजिम सेवा विभागले विरामीलाई तत्काल उद्धार गरी वीर अस्पतालको अकास्मिक कक्षमा भर्ना गरी उपचार थालिएको अध्यक्ष गेल्जे लामा शेर्पाले जानकारी दिए । विरामीको थप उपचारको जिम्मा संघले लिने र आपतकालिन राहत कोषबाट विरामीको उपचार गर्ने अध्यक्ष शेर्पाले जानकारी दिए । 
 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho