२ सय २० बढीलाई गायक गम्बु शेर्पाबाट राहत !

मिङमार सार्की शेर्पा

२०७७ भाद्र २०, शनिबार


२० भाद्र, २०७७
काठमाडौं (शेर्पाखबर) । ओखलढुंगाबाट काठमाडौं आएर वसोवास गर्ने २ सय २० बढी घरपरिवारलाई राहत वितरण गरेको छ । चर्चित कलाकार गम्बु शेर्पाले निषेधाज्ञाबाट प्रभावित खिजीदेम्बा र मोलुङ गाउँपालिका क्षेत्रबाट राजधानीमा पेशाव्यवसाय गर्नेहरुका लागि राहत वितरण गरेको हो । 
पहिलो दिन खिजीदेम्बा र मोलुङ गाउँपालिकाको १ सय ५० जनालाई राहत वितरण गरेको थियो भने दोस्रो दिन पनि खिजीदेम्बा गाउँपालिकाबाट राजधानीमा आएर वसोवास गर्नेहरुका लागि घरघरमा पुगेर राहत वितरण गरेको थोलेदेम्बा शेर्पा किदुकका कोषाध्यक्ष सोनाम शेर्पाले शेर्पाखबरलाई जानकारी दिए । 
दोस्रो दिनमा राजधानीको बाहुनधारा नयाँवस्ती, नयाँपाटी, नाम्गेल, साँघु, जोरपाटी, कपन, पेप्सीकोला क्षेत्रमा राहत वितरण गरेको अभियान्त सार्की शेर्पाले बताए । 
विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणका कारण लामो समयदेखि रोजगार विहिन बनेका श्रमिकहरुका लागि छाक टार्न समस्या भइरहेको तर्फ ध्यानमा राख्दै आफूले अभियान सञ्चालन गरेको गायक शेर्पाले बताए । ‘दुई छाक टार्न समस्या भएका छन् । सबैले कोरोनाका कारण प्रभाव परेको छ । तर, ज्याला मजदुरी गर्नेहरु बढी प्रभावित भएको र उनीहरुलाई राज्यबाट समेत ठोस सहयोग नभएको अवस्था देखेकाले मैले यो अभियान सञ्चालन गरेँको हुँ ।’ राहत वितरण अगुवा गम्बु शेर्पाले भने ‘यहाँ रोगले भन्दापनि भोकोले मर्ने संभावना बढेको देखियो । यसलाई टुलुटुलु हेरर बस्न सकिनाँ ।’
जिल्लावासीहरुलाई पीडामा सहयोग गर्न पाउँदा शेर्पा खुसी लागेको बताउँदै शेर्पाले भने ‘हुने खानेहरुले हुँदा खानेहरुको लागि सहयोग गर्नु नै मानवियताको पूर्ण अभ्यास हो ।’
शेर्पाले चामल, दाल र मस्यौराको प्याकेज बनाएर राहत वितरण गरेका थिए । पीडितहरुले तीनै तहको सरकार मौन रहेको अवस्थामा कलाकार शेर्पाबाट आफूहरुको समस्याको सुनुवाई गरेको भन्दै खुसी व्यक्त गरे ।
राहत वितरण अभियानका लागि पीडित पहिचान गर्न थोलेदेम्बा शेर्पा किदुग र पात्ले शेर्पा किदुकसँग गायक शेर्पाले समन्वय गरेका थिए । 
 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho