शेर्पा भाषा लोप हुँदै गएको छ, राज्य जिम्मेवार छैनः आचार्य सार्की शेर्पा

लाक्पा जी शेर्पा

२०७७ भाद्र १५, सोमबार


लाक्पा जी शेर्पा
१५ भदौ, २०७७
सोलुखुम्बु (शेर्पाखबर) । ‘शेर्पा भाषाको इतिहास’ बारे अध्ययन प्रतिवेदन हालै भाषा आयोगमा बुझाईएको छ । आचार्य सार्की शेर्पाको टोलीले अनुसन्धान गरी तयार पारेको प्रतिवेदनमा नेपालमा शेर्पा भाषाको अवस्था चित्रण गरिएको छ । ‘शेर्पा भाषा प्रयोगमा दिनदिनै कमी आएको’ प्रतिवेदनले निष्कर्ष निकालेका छन् । 
आचार्य नुर्बु शेर्पा, भाषाशास्त्री किशोर शेर्पा र आचार्य सार्की शेर्पा संलग्न टोलीले तयार पारेको प्रतिवेदनले ‘गाउँगाउँमा विद्यालय खुलेर विद्यालय शिक्षा लागू भएपछि शेर्पा भाषा लोप हुँदै गएको’ निष्कर्ष निकालेका छन् । शेर्पाखबरसँगको कुराकानीमा अनुसन्धानकर्ता आचार्य सार्की शेर्पाले भने ‘जब गाउँगाउँमा विद्यालयहरु खुले नेपाली भाषाको प्रभाव बढ्दै गयो र हाम्रो भाषा लोप हुँदै गएको भेटियो ।’
विद्यालयमा मातृभाषा शिक्षा लागू गर्ने सरकारले पछिल्लो समय नीति लिएपनि प्रभावकारी रुपमा कार्यान्वयन नहुँदा मातृभाषा संकटमा पर्दै गएको तर्फ प्रतिवेदनले सचेत गराएको छ । शेर्पा भाषा लोप हुने अवस्था भएकाले सरोकारवालाहरुले समयमा नै यसतर्फ ध्यान दिनुपर्नेमा अनुसन्धानकर्ताहरुको जोड छ । उनीहरुले भाषाको जगेर्ना र विकासका लागि तत्काल ठोस कदमहरु अघि सार्नुपर्ने बताए । 
शेर्पा भाषाको अवस्था बारे तयार पारेको प्रतिवेदनलाई टोलीले नेपाल शेर्पा संघमा पनि बुझाएका छन् । प्रतिवेदन अध्ययनपछि चाल्नुपर्ने कार्यक्रम र रणनीतिका बारेमा छलफल गरिने संघका अध्यक्ष गेल्जे लामा शेर्पाले बताएको अनुसन्धानकर्ता आचार्य सार्की शेर्पाले जानकारी दिए । सरकारले पाठ्यक्रम तयार पारेर स्थानीय स्तरमा पठनपाठन गर्ने भनिएपछि व्यवहारमा लागू भएका छैन, अब स्थानीय सरकारले यसतर्फ ठोस रुपमा लाग्नुपर्नेमा अनुसन्धानकर्ता शेर्पाले औल्याए । ‘यसो गर्न नसकेमा दिनानुदिन हामीले मातृभाषालाई गुमाउनुपर्ने हुन्छ । भाषा हराउनु आफैमा राम्रो विषय होइन ।’ शेर्पाले भने ‘सामभोटा लिपी अध्ययन गर्ने, विद्यालयहरुमा शिक्षकको व्यवस्थापन गर्दै मातृभाषा पठनपाठन गर्ने, बालबालिकाहरुलाई भाषा सिक्न प्रेरित गर्ने, आफ्नै समुदाय जमघट हुने ठाउँमा मातृभाषा प्रयोग गर्ने गर्नले भाषाको अस्तित्व जोगाउन सकिने शेर्पाले सुझाए । 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho