अनलाईन ‘शेर्पा नृत्य प्रतियोगिता हुने’

मिङमार स. शेर्पा

२०७७ भाद्र १४, आईतबार


मिङमार स. शेर्पा
१४ भदौं, २०७७
काठमाडौं (शेर्पाखबर) ।
अनलाईनमार्फत खुल्ला एकल शेर्पा नृत्य प्रतियोगिता आयोजना हुने भएको छ । शेर्पा इभेन्ट्स अर्गनाइजरको आयोजनामा अनलाईनमार्फत प्रतियोगिता आयोजना गर्न लागेको हो । 
प्रतियोगितामा सहभागि हुनेले शेर्पा गीतमा ३ मिनेटको एकल नृत्य पठाउनुपर्ने हुन्छ । शेर्पा युवाहरुले मात्रै सहभागि हुन पाउने प्रतियोगितामा छानिएका उत्कृष्ठलाई नगद पुरस्कार प्रदान गर्ने आयोजक संस्थाका अध्यक्ष नुरु शेर्पाले शेर्पाखबरडटकमलाई जानकारी दिए । 
शेर्पा संघ इजरायल र संखुवासभा समाज जापानको सहयोगमा आयोजना हुन लागेको प्रतियोगितामा सहभागि हुनेले आफ्नौ वैयतित विवरण समेत पठाउनुपर्ने हुन्छ । 
शेर्पाहरुको विशिष्ठ पहिचानलाई संरक्षण सम्बद्र्धन र विकसित रुपमा प्रबद्र्धन गर्ने उद्देश्य राखी आधुनिक शैलीमा भाषा, धर्म र संस्कृतिको जगेर्ना गर्न कार्यक्रमले भूमिका खेल्ने अध्यक्ष शेर्पाको भनाइ छ । 
कोरोनाका वेला सरकारले निषेधाज्ञा जारी गरेको छ । फुर्सदको सदुपयोग, संस्कृतिको जगेर्ना गर्न कार्यक्रमले महत्वपूर्ण टेवा पुग्ने आयोजक संस्थाको विश्वास छ । 
विश्वभर फैलिएकोे कोरोना महामारील त्रसित बनेको परिस्थितिमा नयाँ सोच र सकारात्मक सन्देश प्रवाह प्रदान गर्न ‘कोभिड–१९’ शीर्षकमा अनलाइन खुल्ला निबन्ध लेखन प्रतियोगिता यसअघि सम्पन्न गरेको छ । शेर्पा संघ दक्षिण कोरियाको आर्थिक सहयोगमा आयोजना भएको निबन्ध लेखन प्रतियोगितामा १ सय ३८ जना सहभागि भएका थिए । प्रतियोगितामा रामेछापका पेम दिकि शेर्पा प्रथम, अस्ट्रेलियाबाट पेमा शेर्पा द्धितीय र सोलुखुम्बुका पासाङ गल्देन शेर्पाले तृतीय स्थान हासिल गरे 
त्यस्तै बन्दाबन्दीको बेला नै शेर्पा इभेन्टसले शेर्पा जातिहरूको महान चाड फाङ्गी साझ २०२० को अवसरमा शेर्पा जातिहरूको मौलिक पहिचान झल्किने परम्परागत अनलाइन शेर्पा पोसाक फोटो प्रतियोगिता समेत आयोजना गरे । फोटो प्रतियोगितालाई विश्व शेर्पा आवाजले प्रयोजन गरेका थिए ।  प्रतियोगितामा जम्मा ६९ जना सहभागी मध्ये साइप्रसबाट छिरिङ याङ्जुम शेर्पा प्रथम, साइप्रसबाट पसि शेर्पा द्धितीय र सोलुखुम्बुका ल्हामु शेर्पा तृतीय भएका थिए ।  उत्कृष्ट फोटो अवार्ड सोलुखुम्बुका जिग्मे  तेन्जिङ  शेर्पा र संखुवसभाका साङ्गे छोमु  शेर्पालाई अवार्ड दिइने संस्थाको महासचिव आङ पेम्बा शेर्पाले जानकारी दिए ।
कोरोना भाइरसको सङ्क्रमण व्यापक फैलिएकोले सबैलाई घर घरमै बस्न सरकारको आग्रह गरेसँगै सरकारले फेरि पूर्ण रुपमा बन्दाबन्दीमा शेर्पा युवाहरूलाई विभिन्न क्रियाकलापमा संलग्न गराउन शेर्पा इभेन्टसले नयाँ–नयाँ कार्यक्रम आयोजना अघि सारेका छन् । 
शेर्पा गीतमा एकल नृत्य प्रतियोगितामा विभिन्न स्थान हासिल गर्नेलाई २५ हजार प्रदान गर्ने छ । त्यस्तै, सामाजिक सञ्जाल फेसबुकको लाइक, कोमेन्ट र शेयरबाट नागरिक छनौट उपाधी हासिल गर्नेलाई ५ हजार पुरस्कार छ ।
सहभागि प्रतियोगिले वाटस्एप, भाइबर ९८६६४६८६९९, ९८४९६५५८८४ मा वा  अथवा 
sherpaeventorganizer12@gmail.com  मा असोज १० गतेसम्म भिडियो पठाइसक्नु पर्ने प्रवधान तोकिएको छ । 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho