विदेशमा रहेको नेपालीको तत्काल निःशुल्क उद्धार गरः १०+१ रा.स.,जसपा

शेर्पाखबर

२०७७ भाद्र ९, मंगलबार


९ भाद्र, २०७७
काठमाडौं (शेर्पाखबर) । जनता समाजवादी पार्टी (जसपा)का पहिचानमा आधारित १० जोड १ राष्ट्रिय समितिहरुले विदेशमा रहेका नेपालीहरुको यथासिघ्र निःशुल्क उद्धार गर्न सरकारसँग माग गरेका छन् ।
रोजगारीका क्रममा विदेश गएकाहरुलाई नेपाल फर्कनका लागि महंगो शुल्क तिर्न बाध्य बनाउने सरकारको पछिल्लो निर्णयको विरोध गर्दै निःशुल्क उद्धार गर्न भनेको हो ।
‘चीनमा डाक्टर पढ्न गएका धनीका छोराछोरीहरुलाई चाहिँ निशुल्क उद्धार गरी नेपाल ल्याउने तर नेपालमा रोजगारी नपाएर खाडी मुलुकमा काम गर्न गएका गरिबलाई भने मातृभूमि फर्कन चाहँदा पनि महंगो शुल्क लिने नीति बनाउनु सरकारको लुटतन्त्र भएको’ उनीहरुको आरोप छ । 
जसपाका शेर्पालुङ, लिम्बुवान, किरात, मधेस, ताम्सालिङ, नेवा, शिल्पी, तमुवान, मगरात, खसान र थरुहट राष्ट्रिय समितिले संयुक्त विज्ञप्ति गरी विदेशबाट आउन चाहनेहरुका लागि महंगो शुल्क तिर्नुपर्ने गरी सरकारले बनाएको नीतिको विरोध गरेका विज्ञप्तिमा हस्ताक्षर गर्ने मध्येका एक शेर्पालङ्ग राष्ट्रिय समितिका संयोजक ल्हाक्पा शेर्पाले जानकारी दिए । 
विज्ञप्तिमा खाडी मुलुकका श्रमिकहरुले कुल ग्राह्रस्थ उत्पादनको ३० प्रतिशत विप्रेशनबाट धानेको समेत स्मरण गरेका छन् । 
 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho