शेर्पा संघद्धारा सिन्धुपाल्चोकमा राहत वितरण

शेर्पाखबर

२०७७ श्रावण ३०, शुक्रबार


३० साउन, २०७७
सिन्धुपाल्चोक (शेर्पाखबर) । नेपाल शेर्पा संघले स्थलगत रुपमा गेन्जेन शेर्पाको परिवारलाई राहत वितरण गरेको छ । शेर्पाको परिवारलाई आपतकालिन राहत कोषबाट १ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको हो । भोटेकोसी गाउँपालिका वडा नं. ३ फुल्पीङमा गएको पहिरोमा परि ५ जना परिवार गुमाएका गेन्जेन शेर्पालाई गाउँमै पुगेका संघका उपाध्यक्ष च्येङा शेर्पाको नेतृत्वको टोलीले राहत उपलब्ध गराएको विदेश विभाग सचिव पेम्बा ग्याल्जेन शेर्पाले जानकारी दिए । 
पहिरोमा परि पीडित शेर्पालाई नेपाल शेर्पा संघ, लाइन्स क्लव अफ नेपाल शेर्पाज् लगायत विभिन्न राजनैतिक दलहरुले समेत आर्थिक सहयोग उपलब्ध गराएको थियो । त्यस्तै, त्रिपाल, खाद्यन्न समेत उपलब्ध गराएका थिए । राहत वितरण कार्यक्रममा हिमालयन शेर्पा सांस्कृतिक केन्द्रका अध्यक्ष छिरिङ शेर्पा, शेर्पा युवा संघका अध्यक्ष जाङबु शेर्पा, वडा अध्यक्ष साङ दोर्जे शेर्पा लगायत उपस्थित थिए ।
सचिवालयले यसअघि नै शेर्पाको परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको थियो । बाढीका कारण घटनास्थलसम्म पुग्न समस्याका कारण तत्काल राहत पीडितसम्म पुर्याउन समस्या भइरहेको थियो । 
 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Chatyang

Chatyang

Chatyang

Chatyang