२०७८ अश्विन ८ गते शुक्रबार

पर्यटन


किर्तीमानी आरोहीद्धय कामी रिता र लाक्पा शेर्पा सम्मानित

कामी रिता शेर्पाले २२ औं र लाक्पा शेर्पाले नबौं पटक सगरमाथाको सफल आरोहण गरी राजधानी फर्केका थिए ।  आधिकारीक विभाजन

हिलरी स्टेपको ढुंगा हराउँदा सगरमाथा आरोहण सजिलो

सगरमाथा आरोहरणको क्रममा सबैभन्दा कठिन मानिएको ‘हिलारी स्टेप’ पहिले भन्दा भिरालो भएको चुचुरोबाट भर्खरै फर्केका आरोहीहरुले बताएका छन्।

हिमालका हिरो हिमचितुवा अर्थात आङरिता

सामान्यज्ञानमा एउटा प्रश्न छ– बिना अक्सिजन १० पटक सगरमाथा चढ्ने आरोही को हुन् ? लोकसेवा आयोगले बेलाबेलामा सोध्छ– हिमचितुवा भनेर कसलाई चिनिन्छ ? यो दुई वटै प्रश्नको जवाफ हुन्– आङरिता शेर्पा । यी तिनै आरोही हुन्, जसले विज्ञानलाई समेत चुनौती दिए ।

निमाजाङ्मु ः एकै महिनामा तीन शिखर चढेर कीर्तिमान

एकै महिनामा तीन हिमाल आरोहण गर्दै निमाजाङ्मु शेर्पाले साहसिक विश्व कीर्तिमान कायम गरेकी छन्। ६५ वर्षको आरोहण इतिहासमा एक महिनाभित्रै सगरमाथा, ल्होत्से र कञ्चनजंघाको सफल आरोहण गरेर निमाले पहिलो साहसिक आरोहीको कीर्तिमान बनाएकी हुन्।

कामी रितालाई हिमाल चढ्नु ‘ट्याक्सी चलाउनु सरह’

झ्यालीको तालमा शेर्पा भाषाको यही गीत गाउँदै झण्डै ५० जनाको समुह कपन बौद्धबाट कीर्तिमानी आरोही कामिरिता शेर्पाको स्वागतमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्यो । हिमालसँग दैनिकी जोडिएका धेरैजसो उनीहरुको अनुहारमा कामिरिताको नयाँ कीर्तिमानको खुशी झल्किएको थियो ।

सगरमाथामा मेसिडोनियाली आरोहीको मृत्यु

काठमाडौँ — सगरमाथा आरोहणका लागि उक्लिँदै गरेका मेसिडोनियाका ६२ वर्षीय आरोहीको आइतबार मृत्यु भएको छ । पर्यटन मन्त्रालयका अनुसार सात हजार मिटरभन्दा माथि उनको मृत्यु भएको हो ।

लाक्पा शेर्पा ‘सार्वधिक शिखर चुम्ने महिला’

लाक्पा शेर्पाले सर्वाधिक  सगरमाथा चढ्ने आरोहीको रेकर्ड बनाएकी छन्। उनले आफ्नै रेकर्ड तोड्दै उक्त रेकर्ड बनाएकी हुन्।