२०७८ कार्तिक ५ गते शुक्रबार

पर्यटन


नागरिक उड्यानको प्रवक्तामा शेर्पालाई जिम्मेवारी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयमा उडान सञ्चालन विभाग प्रमुख एवं प्रवक्ताको  जिम्मेवारीमा रिन्जी शेर्पालाई दिइएको छ । केही दिनअघि शेर्पालाई उक्त जिम्मेवारी दिइएको हो । 

एभरेष्ट वैंकको झण्डा मिङमा शेर्पाले सगरमाथा पुर्याए

एभरेष्ट बैंकको झण्डा सगरमाथाको चुचुरोमा फरफराएको छ । एभरेस्ट बैंकले आफ्नो ब्रान्ड फेसका रुपमा रहेका कीर्तिमानी आरोह मिङ्माडेविड शेर्पा मार्फत सर्वोच्च शिखर सगरमाथामा आफ्नो झण्डा फहराउन सफल भएको हो ।  

डेभिड मिङ्मा शेर्पाले ‘अतिथि घर’ एपको लोगो सगरमाथामा पुर्याए

होटल बुकिङ गर्न उपयोगी ‘अतिथि घर’ एपको लोगो सगरमाथामा पुगेको छ। हिमाल आरोही एवम् एप संचालक टिमका सदस्य डेभिड मिङ्मा शेर्पाले एपको लोगो सहितको झण्डा सगरमाथामा पुर्याएको एपका निर्देशक टङ्क बहादुर पुरी (विश्व)ले जानकारी दिए। 

शेर्पा संघले गरे ‘सगरमाथा दिवसमा तेन्जीङ नोर्गेको चर्चा’

१४ औं सगरमाथा दिवसको अवसरमा नेपाल शेर्पा संघले तेन्जीङ नोर्गे शेर्पाको योगदानको चर्चा गरेको छ । पहिलो पटक सगरमाथामा मानव पाइला टेक्न सफल तेन्जीङ नोर्गेकै कारण शेर्पाहरु विश्वसामु चिरपरिचित भएको भन्दै नोर्गेको चर्चा गरेको हो ।

काठमाडौं आइपुगे ‘किर्तिमानी आरोही कामीरिता शेर्पा’

काठमाडौं । कीर्तिमानी आरोही कामीरिता शेर्पा काठमाडौं फर्किएका छन् । यो सिजन २५ औं पटक सगरमाचाको चुचुरोमा पुगेका उनी २६ औं पटक चढ्ने योजना बीचमै छाडेर काठमाडौं आएका हुन् ।

कोरोना जितेको जाङ्ग्बु शेर्पा सत्रौँ पटक सगरमाथामा

विश्व कीर्तिमान कायम गरेका जाङ्ग्बु शेर्पाले सत्रौँ पटक सगरमाथा आरोहण गरेका छन् । उनले कोरोनाबाट सञ्चो भएको डेढ सातामै बहराइनका राजकुमारसहितको टोलीसँगै सगरमाथा आरोहण गरेका हुन् ।

राजपरिवारले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण

बहराइनको राजपरिवारका सदस्यसहितको टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको छ । सो टोली मंगलबार बिहान ६ः४० बजे सगरमाथाको चुचुरोमा पुगेको सम्पर्क अधिक्त ज्ञानेन्द्र श्रेष्ठले नकारी दिए ।