विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि २ सय ५० जना आरोहीले आरोहण अनुमति लिएका छन् । सगरमाथा आरोहणका लागि ३१ दलका २ सय ५० जना आरोहीले आरोहण अनुमति लिएका हुन ।
सोलुखुम्बु थामेका ५२ वर्षीय कामीरिता शेर्पाले २५ औं पटकको आफ्नै विश्व कीर्तिमान तोड्न यसपटकको वसन्तयाममा पनि सगरमाथा आरोहण गर्ने भएका छन् । २६ औं पटक सगरमाथाको चुचुरोमा पुग्न उनी आइतबार काठमाडौंबाट जहाजमा लुक्ला प्रस्थान गर्दै छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयमा उडान सञ्चालन विभाग प्रमुख एवं प्रवक्ताको जिम्मेवारीमा रिन्जी शेर्पालाई दिइएको छ । केही दिनअघि शेर्पालाई उक्त जिम्मेवारी दिइएको हो ।
एभरेष्ट बैंकको झण्डा सगरमाथाको चुचुरोमा फरफराएको छ । एभरेस्ट बैंकले आफ्नो ब्रान्ड फेसका रुपमा रहेका कीर्तिमानी आरोह मिङ्माडेविड शेर्पा मार्फत सर्वोच्च शिखर सगरमाथामा आफ्नो झण्डा फहराउन सफल भएको हो ।
होटल बुकिङ गर्न उपयोगी ‘अतिथि घर’ एपको लोगो सगरमाथामा पुगेको छ। हिमाल आरोही एवम् एप संचालक टिमका सदस्य डेभिड मिङ्मा शेर्पाले एपको लोगो सहितको झण्डा सगरमाथामा पुर्याएको एपका निर्देशक टङ्क बहादुर पुरी (विश्व)ले जानकारी दिए।
१४ औं सगरमाथा दिवसको अवसरमा नेपाल शेर्पा संघले तेन्जीङ नोर्गे शेर्पाको योगदानको चर्चा गरेको छ । पहिलो पटक सगरमाथामा मानव पाइला टेक्न सफल तेन्जीङ नोर्गेकै कारण शेर्पाहरु विश्वसामु चिरपरिचित भएको भन्दै नोर्गेको चर्चा गरेको हो ।