काठमाडौंबाट पूर्वको धनकुटा, दमकसम्म एकल म्याराथन प्रतियोगिता शुरु भएको छ । काठमाडौं दशरथ रंगाशालाबाट सोमबार शुरु भएको प्रतियोगितामा दुई जना धावक सहभागि छन् ।
अन्तर्राष्ट्रिय जुडो महासंघका अध्यक्ष ४१ वर्षीया सब्रिना फिल्ज्मोजर साइकलमै सगरमाथासम्म पुग्ने लक्ष्य राखेकी छन् । समुन्द्रदेखि सगरमाथासम्मको यात्राका क्रममा उनी ओखलढुंगा आइपुगेकी हुन् ।
यहाँको खिजीफलाटेमा जारी पसी शेर्पा भलिबल प्रतियोगितामा महिलातर्फबाट खेल शुरु भएको छ । फागुन ११ बाट शुरु प्रतियोगितामा पुरुषतर्फको खेल सेमि फाइनलमा पुगेसँगै महिलातर्फको खेल शुरु भएको हो ।
ओखलढुंगा (शेर्पाखबर) । यहाँको खिजीदेम्बा आयोजित वडास्तरीय भलिबल प्रतियोगितामा २१ समूह (टिम) सहभागि भएका छन् । पसी शेर्पा प्रतिष्ठानद्धारा आयोजित प्रतियोगितामा महिला पुरुष गरी २१ समूह सहभागि भएका हुन् ।
ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकामा विभिन्न कार्यक्रमहरु आयोजना हुने भएको छ । स्व. पसी शेर्पाको सम्झनामा भलिबल तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागेको हो ।
काठमाडौं– गल्फर सुमन जोशीले ‘होल इन वान’ गरेर नेपालमै पहिलोपटक पुरस्कार स्वरुप कियाको ‘सोनेट कार’ जितेका छन्। सुमनले स्वर्गीय आङ छिरिङ शेर्पा स्मृतिको सम्झनामा आयोजित गल्फ प्रतियोगितामा ‘होल इन वान’ गर्दै कार जितेका हुन्।
स्वर्गीय आङछिरिङ शेर्पाको दोस्रो वार्षिक स्मृतिमा गल्फ प्रतियोगिता हुने भएको छ। दुई दिने प्रतियोगिता फागुन २१ र २२ गते हुनेछ।