२०७८ श्रावण १८ गते सोमबार

समाज


खिजीदेम्बामा १ सय ३७ सदस्यीय जसपा टोल समिति गठन

ओखलढुंगा (शेर्पाखबर) । जनता समाजवादी पार्टी नेपालले खिजीदेम्बा गाउँपालिकामा संगठन विस्तार तिब्र बनाएको छ । वडा नं. ९ दोराखर्कमा देण्डी शेर्पाको अध्यक्षतामा ७३ सदस्यीय टोल समिति गठन गरेको हो ।

स्वयम्भूको बुद्धमूर्ति नभत्काउन दबाब

काठमाडौं (शेर्पाखबर) । विश्व सम्पदा सूचिकृत स्वयम्भु क्षेत्रको बुद्धमूर्ति लगायत भत्काइ चक्रपथ विस्तार गर्न लागेको विरोधमा स्वयम्भू विश्वसम्पदा क्षेत्र बचाऔं अभियानले पत्रकार सम्मेलन आयोजना गरेको छ ।

पूर्व सांसद शेर्पाको निधन

नेपाल शेर्पा संघको पूर्व सल्लाहकार तथा पूर्व रापं सदस्य आङ ङवाङ शेर्पाको ८३ बर्षको उमेरमा निधन भएको छ । निमोनियाको उपचारको क्रममा ह्याम्स हस्पीटलमा मंसिर ८ गते शेर्पाको निधन भएको हो । 

शेर्पा नृत्य प्रतियोगितामा १५ छानिए

शेर्पा इभेन्टस अर्गनाइजरले आयोजना गरेको प्रथम शेर्पा एकल नृत्य प्रतियोगिताको दोस्रो चरणको नतिजा सार्वजनिक गरेको छ । उत्कृष्ठ १० र ५ बाट ५–५ जना छानिएको हो । 

शेर्पा संघको अध्यक्षलाई कोरोना संक्रमण

नेपाल शेर्पा संघ केन्द्रीय अध्यक्ष गेल्जे लामा शेर्पालाई कोरोना संक्रमण पुष्टि भएको छ । पहिलो पटक परीक्षणमा संक्रमण नदेखिएपनि दोस्रो पटक २०७७ कार्तिक १२ गते पुनः परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो । 

ग्याल्जेन शेर्पाको उपचारका लागि टाप्टिङ किदुगको  सहयोग 

मेरुदण्डको क्षयरोग पीडित सोलुखुम्बुका ग्याल्जेन शेर्पाको उपचारका लागि सहयोग हस्तान्तरण गरेको छ । पिके सोलुखुम्बु टाप्टिङ समाज सेवा, काठमाडौंले संकलित सहयोग रकम विरामीलाई हस्तान्तरण गरेको हो ।

शेर्पा संघको ‘पहिलो चरणको राहत कार्यक्रम सकियो !’

नेपाल शेर्पा संघले पहिलो चरणको राहत वितरण कार्यक्रम सम्पन्न भएको जनाएको छ । संघले कोभिड प्रभावित, बाढी, पहिरो पीडितका लागि सञ्चालित राहत वितरण अभियान सम्पन्न भएको हो ।