२०७९ श्रावण २५ गते बुधबार

समाज


स्व. पसी शेर्पाको सम्झनामा खेलकूद प्रतियोगिता

ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकामा विभिन्न कार्यक्रमहरु आयोजना हुने भएको छ । स्व. पसी शेर्पाको सम्झनामा भलिबल तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागेको हो ।

नयाँ र क्रियाशिलका लागि पत्रकारिता तालिम

नेपाल पत्रकार महासंघ, ओखलढुंगा शाखाको आयोजनामा आधारभूत र क्षमता विकास पत्रकारिता तालिम आयोजना हुने भएको छ । सिद्धिचरण नगरपालिकासँगको समन्वयमा ७ दिने तालिम आयोजना गर्ने भएको हो । 

भोटेकोशीको गाउँसभा बहिष्कार 

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाको ९ औं गाउँसभा बहिष्कार गरेका छन् । अध्यक्षले मनोमानी गरेको र त्यसको छानविन हुनुपर्ने माग गर्दै कार्यपालिका सदस्यहरुले सभा बहिष्कार गरेका हुन् । 

बरिष्ठ राजनीतिज्ञ शेर्पाको निधन

नेपाल शेर्पा संघको पूर्व सल्लाहकार सोनाम छिरिङ शेर्पाको ७१ बर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि श्वासप्रश्वास सम्वन्धि रोगबाट पीडित शेर्पाको माघ १० गते निधन भएको हो । 

‘सिडियो’ कार्यालयमा शेर्पाको मृत्यु

जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुमा सेवा लिन आएका एक सेवाग्राहीको ज्यान गएको छ । ज्यान जानेमा सोलुदुधकुण्ड नगरपालिका ८ केरुङका ६६ बर्षीय पुरुष फुर्वा शेर्पा रहेका छन् । 

भोजपुर शेर्पा समाजको गुम्बा निर्माण अभियान शुरु

भोजपुर शेर्पा समाज (किदुग)ले राजधानीमा गुम्बा निर्माणका लागि सहयोग अभियान थालेको छ । राजधानीमा समाजको नाममा गुम्बा निर्माण गर्न आर्थिक समिति गठन गरेर अभियान शुरु गरेको हो । 

शेर्पा विद्यार्थीका लागि राजनैतिक साक्षरता

शेर्पा विद्यार्थीहरुका लागि राजनैतिक सचेतना जगाउने हेतुले त्रिदिवसीय प्रशिक्षण आयोजना भएको छ । नेपाल शेर्पा विद्यार्थी संघको आयोजनामा पौष १५–१७ सम्म कार्यक्रम आयोजना भएको हो ।