२०७८ कार्तिक ५ गते शुक्रबार

समाज


limbu

‘लिम्बु जातिले धर्म छाडे !’ भन्छन्, युमा मान्छौं ।

धरान । नेपाल र भारतमा बसोबास गर्ने लिम्बु धर्मावलम्बीहरुको दुईदिने धर्मसभा धरानमा सम्पन्न भएको छ । मन्धुम युमा साम्यो धर्मसभाले अबदेखि ‘किरात धर्म’ नमान्ने र नलेख्ने घोषणा गरेको छ ।

तेन्जिङ–एडमन्डका सारथीः कान्छा शेर्पा

‘हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरा...’ रेडियो नेपालमा एक समय धर्मराज थापाको यो गीत निकै गुन्जियो । सन् १९५३ मे २९ का दिन तेन्जिङ नोर्गे शेर्पासँगै न्युजिल्यान्डका सर एडमन्ड हिलारी पहिलोपटक सगरमाथाको चुचुरोमा पुगेपछि यो गीत रिलिज भएको थियो । अहिले भने यो गीत त्यति सुनिँदैन । 

नमुना बौद्ध ध्यान केन्द्रको हिन्दु विधिबाट शिलान्यास

राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनी अन्तर्रा्ष्ट्रिय बौद्ध ध्यान केन्द्र तथा सभागृहको विधिवत रुपमा शिल्यान्याश गरेकी छन् । बौद्ध ध्यान केन्द्र भनिएपनि हिन्दु विधिबाट केन्द्रको शिलान्यास गरिएको छ । 

संयुक्त राष्ट्र संघको नेपालस्थित कार्यालयमा बुद्धको मूर्ति स्थापना

पच्चीस सय ६२औँ बुद्ध जयन्तीका अवसरमा बुद्ध जयन्ती समारोह समिति, संयुक्त राष्ट्र संघ काठमाडौँ र नेपाल बौद्ध परिषद्ले आज यहाँ संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बुद्ध धर्मसँग सम्बन्धित पुरातात्विक सम्पदालाई महानगरले संरक्षण तथा संवद्र्धन गर्ने बताए । 

बुद्धले देखाएको बाटोमा अघि बढौंः अध्यक्ष राणा

काठमाडौं (शेर्पाखबर) । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति शम्शेर जवराणाले बुद्धले देखाएको अग्रसर हुन आह्वान गरेको छ । २५६२ औं बुद्ध जयन्तीको अवसरमा शुभकामना दिँदै अध्यक्ष राणाले पञ्चशीलको अनुसरन गर्न आह्वान गरेको हो । शुभकामना सन्देशमा अध्यक्ष राणाले बुद्ध जन्मभूमि नेपालमा शान्ति, अहिंसा, सद्भाव र एकताको पथमा लाग्न सबैले प्रेरणा लिनुपर्ने बताए