२०७८ अश्विन ८ गते शुक्रबार

समाज


विदा कटौतीको विरोधसभाको अग्रभागमा देखिए ‘आङकाजी’

काठमाडौं (शेर्पाखबर) । सरकारले आदिवासीहरुको मौलिक चाडपर्वमा दिइदै आएको विदा कटौती गरेपछि तिब्र विरोध शुरु भएको छ । विरोधका कार्यक्रम अन्तर्गत माइतघर मण्डलामा आदिवासी जनजाति महासंघले दर्शन गरे । 

एसएसपी कै गाडीमा राखेर ओसारिन्थ्यो ‘सुन’

चुडामणि उप्रेती ‘गोरे’ र भुजुङ गुरुङ समूहको तस्करीको सुन पास गराउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका तत्कालिन प्रहरी प्रमुखसहितका प्रहरी अधिकारीकै प्रत्यक्ष संलग्नता रहेको भेटिएको छ । सुन तस्करीको आरोपमा पक्राउ परेका ७ प्रहरीमध्ये प्रहरी जवान विष्णुबहादुर खड्काले तस्करीमा आफ्नो संलग्नता मात्रै स्वीकार गरेनन्, तत्कालिन विमानस्थलका अन्य प्रमुख अधिकारीको पोल पनि खोलेका छन् । खड्का एसएसपी खत्री डिएसपी हुँदादेखि नै उनको सवारी चालकको रुपमा कार्यरत थिए ।

limbu

‘लिम्बु जातिले धर्म छाडे !’ भन्छन्, युमा मान्छौं ।

धरान । नेपाल र भारतमा बसोबास गर्ने लिम्बु धर्मावलम्बीहरुको दुईदिने धर्मसभा धरानमा सम्पन्न भएको छ । मन्धुम युमा साम्यो धर्मसभाले अबदेखि ‘किरात धर्म’ नमान्ने र नलेख्ने घोषणा गरेको छ ।

तेन्जिङ–एडमन्डका सारथीः कान्छा शेर्पा

‘हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरा...’ रेडियो नेपालमा एक समय धर्मराज थापाको यो गीत निकै गुन्जियो । सन् १९५३ मे २९ का दिन तेन्जिङ नोर्गे शेर्पासँगै न्युजिल्यान्डका सर एडमन्ड हिलारी पहिलोपटक सगरमाथाको चुचुरोमा पुगेपछि यो गीत रिलिज भएको थियो । अहिले भने यो गीत त्यति सुनिँदैन । 

नमुना बौद्ध ध्यान केन्द्रको हिन्दु विधिबाट शिलान्यास

राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनी अन्तर्रा्ष्ट्रिय बौद्ध ध्यान केन्द्र तथा सभागृहको विधिवत रुपमा शिल्यान्याश गरेकी छन् । बौद्ध ध्यान केन्द्र भनिएपनि हिन्दु विधिबाट केन्द्रको शिलान्यास गरिएको छ ।